MENU

समाज

ujyaalo forign call inside

​त्रिशुली नदी बचाउन माग गर्दै राजमार्गमा प्रदर्शन

धादिङ, पुस २९ –त्रिशुली नदीमा प्रदुषण बढेपछि त्रिशुली बचाउ महाअभियानको नामबाट राजमार्गमा प्रदर्शन भएको छ ।

नदी प्रदुषण बढेको प्रत्यक महिना नदी सफा हुनुको सट्टा धमिलो भएपछि नदी सफाई र संरक्षणको माग गर्दै प्रदर्शन गरिएको त्रिशुली बचाउ महाअभियानका अभियान्ता बासुदेब डल्लाकोटीले जानकारी दिनुभयो ।

नदी धमिलो भएका कारण जलयात्रा गर्ने पर्यटकको संख्यामा कमी आएको तथा होटल व्यवसायसमेत प्रभावित भएकोले पर्यटन विकास र पर्यावरण संरक्षणको लागि केही समय अघिदेखि यो अभियान सुरु भएको हो । मलेखु बजारमा अभियान्ताहरुले जलयात्रामा प्रयोग गरिने, डुङ्गा, कायाक, तथा अन्य सामाग्री लिएर नदी संरक्षणको लागि माग गरेका थिए । 

लामो समयदेखि धादिङको राजमार्ग खण्डमा बालुवा प्रशोधन मेसिन(फिरफिरे) सञ्चालन गरेर यसबाट निस्केको पानी नदीमा हालेको, नदीमै ठूला मेसिन प्रयोग गरेर ढुङ्गा, बालुवा जस्ता बस्तु उत्खनन् गर्दा वर्षभरि नै नदी धमिलो भएपछि पर्यटकहरु समेत घटेको नदी संरक्षण अभियान्ता बताउछन् ।

नदी संरक्षणमा आफूहरुको प्रतिवद्धतसँगै लागि परेको र जिल्लाभरको सामूहीक प्रयास भएमा मात्र नदी सफा पार्न सकिने बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी बताउनुहुन्छ ।

गल्छी गाउँपालिका, गजुरी गाउँपालिका र बेनिघाटरोराङ गाउँपालिकामा मात्र बालुवा प्रशोधन गर्ने मेशिन एक सयको हाराहारीमा रहेकोले यसलाई तत्काल नियमन गर्नुपर्ने अभियान्ताहरको भनाई छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया