MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

​उत्तर कोरियामा खाद्यान्न संकट, के खान्छन् यहाँका नागरिक ?

पुस २९ –आफ्नो महत्वाकांक्षी परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले विभिन्न किसिमका प्रतिबन्धको सामना गर्नु परेको छ । 

गत वर्ष मात्रै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदसमेत कैयौं देशहरुले उत्तर कोरियाको परमाणु कार्यक्रमकै कारण उसमाथि आर्थिक नाकाबन्दी लगाए । 

सुरक्षा परिषदले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्ध लगाएर उसको आर्थिक स्रोतमा कडाई गरिएको छ । उत्तर कोरियामाथि कपडाको निर्यातमाथि प्रतिबन्ध लगाइएको छ । त्यस्तै कच्चा तेल पनि सीमासम्म मात्रै आयात गर्ने अनुमति दिइएको छ । 

यसका अलावा अमेरिका, दक्षिण कोरिया तथा जापानले पनि विभिन्न प्रकारका प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धका कारण उत्तर कोरियामा विभिन्न बस्तुको अभाव देखिएको छ । त्यस्तैमा पछिल्लो समय खाद्यान्न संकट पनि एउटा ठूलो समस्याका रुपमा उत्तर कोरियामा देखिएको छ । त्यसैले उत्तर कोरियाली नागरिकले खाद्यान्न अभाव हुन नदिन विभिन्न नयाँ तरिकाहरु अपनाएको बताइन्छ । 

त्यसो त उत्तर कोरियाको खाद्यान्न संकट पछिल्लो समय साधरण कुरा भएको बताइन्छ । यही कारणले गर्दा यहाँका नागरिकले सामान्य सामग्रीकै जोहोमा विभिन्न परिकारहरु बनाउने गरेको बताइन्छ । 

जुन परिकारको तस्बिर माथि देखिएको छ, यसको नाम हो सोक्काडुजियन । यसलाई आम भाषामा ‘क्विक केक’ का नामले पनि चिनिन्छ । यस केकलाई बनाउन बेक गर्नु पर्दैन । यसलाई बनाउन धेरै समय पनि लाग्दैन । होंग युन हेई केही समय पहिले उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आइपुगेकी थिइन् ।

उनले यस्तो प्रकारको स्वादिष्ट केक बनाउने गरेको बताइन् । उनी सोलमा एउटा रेष्टुरेन्ट चलाउँछिन् । उनका अनुसार उत्तर कोरियाका अधिकांश नागरिक यस्तै केक खाने गर्दछन् । यो चामल भन्दा पनि सस्तो हुने उनी बताउँछिन् । 

यसको नाम हो इंजेक्टर । यो एक प्रोटिनयुक्त शाकाहारी परिकार हो । यसको अर्को नाम हो ‘ह्युमन मेड मिट’ । यो एक शाकाहारी मासु जस्तै हो जसलाई सोयाबिनबाट तयार गरिन्छ । 

यसको नाम होइंजागोगिबाब र यो पनि भेजमिटबाट तयार गरिन्छ । यसलाई भाततथामाछासँगै खाने गरिन्छ । यसमाकम क्यालोरी हुने बतायन्छ । यसमा प्रोटिन तथा फाइबरको मात्रा भने भरपूर हुन्छ । 

यो परिकारको नाम हो डुबुबाब । यो टाफू तथा सोयाबिनबाट तयार गरिन्छ । यो पनि सस्तो परिकारका रुपमा लिइन्छ । 

यो बिस्कुट एकदमै स्वादिलो मानिन्छ । यो बाहिर र भित्र दुवै नरम हुन्छ ।  यसमा कहिलेकाहीँ अंगुरको पनि प्रयोग गरिनछ । 

यो एक किसिमको सस नै हो । यसलाई विभिन्न तरकारी मिलाएर तयार गरिन्छ । यसमा भात र सुँगुरको रगत पनि मिसाइन्छ । 

कुन्सुन्गा नामक यो परिकार हेर्दामा पपकर्न जस्तै देखिन्छ । यो सोयाबिनमाचिनी मिलाएर बनाइन्छ । उत्तर कोरियाली नागरिकका बीचमा यो परिकार पनि निकै लोकप्रिय रहेको बताइन्छ ।

अलसाटोंगको बनाउनका लागि भिनेगर र चिनी मिसाएर तयार पारिन्छ । यसलाई विशेष प्रकार उत्तर कोरियाली नेता किम जोङ इलको जन्मजयन्तीमा बनाइन्छ । 

-बीबीसी हिन्दीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया