MENU

खेल

ujyaalo forign call inside

चेल्सीले मौका गुमायो, १० खेलाडीमा सीमित लेस्टरले रोक्यो

पुस ३० – १० खेलाडीमो सीमित रहेको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीलाई बराबरीमा रोकेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको हो ।

चेल्सी सबै प्रतियोगितामा गरेर लगातार तीन खेलमा गोल रहित बराबरीमा रोकिएको यो पहिलो पटक हो । पहिलो हाफमा लेस्टरले चेल्सीलाई निकै दबाबमा राखेको थियो । दोस्रो हाफमा चेल्सीले सुधारिएको प्रदर्शन गरे पनि गोल भने गर्न सकेन ।

लेस्टरका जेमी भर्डीले गोल गर्ने राम्रो मौका बनाएका थिए तर त्यसलाई गोलको रुप भने दिन सकेनन् । ६८ औँ मिनेटमा बेन चिलवेल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा सीमित भएको थियो । तर त्यसको फाइदा चेल्सीले लिन सकेन ।

बराबरीपछि तेस्रो स्थानको चेल्सीको २३ खेलबाट ४७ अंक भएको छ । चेल्सीले म्यानचेस्टर युनाइतेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको पनि ४७ अंक नै छ ।

३१ अंकसहित लेस्टर आठौँ स्थानमा छ । लिग अन्तर्गत राति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले बर्नलीलाई १–०, वेष्ट ह्यामले हडर्ल्सफिल्डलाई ४–१ तथा वेष्ट ब्रोमले ब्राइटनलाई २–० ले हरायो । यस्तै वाट्फोर्ड र साउथह्याम्पटनले २–२ तथा न्युक्यासल र स्वान्सी सिटीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया