MENU

अन्तर्राष्ट्रिय

सिरिया संघर्ष : गुटामा ग्यास आक्रमण

पुस ३० – द्वन्द्वग्रस्त सिरियाको राजधानी दमास्कसमा क्लोरिन ग्यास आक्रमण भएको छ । दमास्कसको बाहिरी क्षेत्रमा ग्लोरिन ग्यास आक्रमण भएको हो । मिसाइल आक्रमणपछि द्वन्द्वग्रस्त पूर्वी गुटामा ग्लोरिन ग्यासको गन्ध आएको बिबिसीले जनाएको छ ।

गुटाका बासिन्दाका अनुसार मिसाइल आक्रमण लगत्तै ग्यासको गन्ध महसुस गरिएको हो । नागरिकलाई स्वासप्रस्वास सम्बन्धी समस्या भएको र अहिले ६ जनाको उपचार थालिएको बिबिसीले उल्लेख गरेको । यो क्षेत्रमा झण्डै चार लाख मानिस बिद्रोहीको घेराबन्दीमा छन् ।

गृहयुद्ध सुरु भएयता सिरियामा पटक पटक रसायनिक आक्रमण भएको खबर सार्वजनिक हुने गरे पनि सिरियाली सरकारले भने यसको खण्डन गर्दै आएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया