MENU

बातावरण-कृषि

ujyaalo forign call inside

अलैँची नीति लागु गर्न व्यवसायीको सुझाव

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, पुस ३० – सरकारले अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि छलफलमा रहेको अलैँची नीतिलाई तत्काल लागु गर्नुपर्ने व्यवसायीले सुझाव दिएका छन् । शून्य आयातमा रहेको अलैँची खेतीलाई थप बढावा दिने उद्धेश्यले सरकारले अलैँची नीति ल्याउने तयारी थालेको वर्षौँ बितेपनि अहिलेसम्म नीति लागु नभएकोप्रति व्यवसायीले ध्यानाकर्षण गराएका हुन् । 

अलैँची किसान, व्यापारी र उद्योगीले सरकारले कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि चासो नदेखाएको भन्दै अब तत्काल विभिन्न नीतिगत व्यवस्था गर्न सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासंघले उन्नति–समावेशी वृद्धि कार्यक्रम र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा विराटनगरमा गरेको एक कार्यशालीमा सहभागी अलैँची व्यवसायी र किसानले यस्तो सुझाव दिएका हुन् । 

कार्यक्रममा अलैँची व्यवसायी र किसानले अलँैची उत्पादन, गुुणस्तर र बजारीकरणका क्षेत्रमा देखिएका समस्या, तिनको समाधानका उपायमाथि छलफल गर्दै चर्चामा आइसकेको अलैँची नीतिलाई लागु गरी समाधान गर्न सुझाव दिए । अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले अलैँची खेतीको विकास, विस्तार र बजारीकरणको क्षेत्रमा सुधार ल्याउन तत्काल अलैँची नीति लागु गर्न माग गर्नुभयो ।

‘समस्या त कत्ति छन् कत्ति ? तर धेरै समस्या ड्राफ्ट तयार भइसकेको अलैँची नीति लागु गरे मात्रपनि समाधान हुन्छन्’ उहाँले भन्नुभयो । परम्परागत प्रणालीको अलैँची खेती, सिंचाई समस्या, लगानी गर्ने रकम अभाव र प्राविधिक ज्ञान नपाएका कारण नेपालमा गुणस्तरीय अलैँची उत्पादन हुन नसकिरहेको उहाँले बताउनुभयो ।

‘अलैँची नेपालका पुर्वदेखि पश्चिमसम्मको पहाडी भु–भागमा हुन्छ, खेती पनि फैलिँदो छ’ उहाँले भन्नुभयो, ‘अलैँचीबाटै वार्षिक पाँच अर्व बढी रुपैयाँ भित्रिरहेको छ ।’ सरकारले अलैँची खेतीको विकासका लागि चासो नराख्नु लज्जास्पद भएको उहाँले बताउनुभयो । उहाँले नेपालमा पनि अलैँची फल्छ भन्ने कुरा भारत बाहेकका देशमा जानकारी नै नभएको भन्दै अलैँचीको बजारीकरणतर्फ तेश्रो देश निर्यातको व्यवस्थालाई खुकुलो पार्न सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

किसान र व्यवसायीको एक्लो प्रयासले मात्रै अलैँची खेतीको विकास र विस्तार हुन नसक्ने पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘अलैँची खेतीमा उल्लेख्य सम्भावना छ, तर त्यसलाई समातेर अघि बढ्ने राज्यको नीति छैन ।’ पूर्वका तेह्रथुमसहित ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा र भोजपुरका अलैँची व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारी र किसान सहभागी कार्यक्रमबाट अलैँची खेतीको विकास र विस्तारका लागि नीतिगत व्यवस्था गर्न दर्जनौँ सुझाव दिइएको उहाँले बताउनुभयो ।

किसान, व्यवसायी र उद्योगीहरुले सरकारले अहिले जिल्ला कृषि विकास कार्यालयहरु मार्फत वितरण गरिरहेको अनुदान लक्षित किसानसम्म नपुगेको र पुगे पनि अपेक्षित लाभ हासिल नभएको बताउनुभयो । कृषि कार्यालयले दिने अनुदान विरुवा रोपे पनि नसर्ने, माटो र हावापानी परीक्षण नगरी वितरण गरिँदा फल नलाग्ने जस्ता समस्या रहेको पाँचथरका अलैँची किसान गणेश पोखरेलले बताउनुभयो । ‘कृषिले विरुवा त दिन्छ’ उहाँले भन्नुभयो, ‘तर लगेर एकै ठाउँमा रोपेका विरुवा कति जातका हुन्छन्, छुट्याउनै गाह्रो पर्छ ।’ 

अनुदानमा दिइने विरुवा प्राविधिक तयारी बिनै हचुवाका भर बाँड्ने गरिएको उहाँले दुखेसो पोख्नुभयो । सरकारले अलैँची खेतीलाई प्रवर्द्धन गर्न छुट्टै कार्यक्रमहरु ल्याउनुपर्ने किसानको माग छ । सरकारले अब बन्ने कार्यक्रम र नीतिमार्पत अलैँची उत्पादनमा सुधार ल्याउन अलैँचीमा देखिएका रोगको पहिचान, दक्ष प्राविधिकको व्यवस्था, सिंचाई सुविधा, किसानलाई व्याज अनुदान, आधुनिक खेती प्रणालीको प्रचार, अलैँचीको नर्सरी र जातिबारे जनचेतना लगायत कार्यक्रम गर्नुपर्ने किसानको सुझाव छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया