MENU

खेल

Ncell Axiata

रियल मड्रिडलाई अर्को धक्का, रोनाल्डोले फेरि गोल गर्न सकेनन्

पुस ३० – यो सिजन स्पेनिस ला लिगामा खराब प्रदर्शन गरिरहेको साबिक विजेता रियल मड्रिड फेरि पराजित भएको छ । लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिड भिल्लारियलसँग १–० ले पराजित भएको हो ।

खेलको अन्तिम समयसम्म गोलरहित बराबरी रहेकोमा ८७ औँ मिनेटमा पाब्लो फोर्नाल्सले गरेको गोलले भिल्लारियललाई जितायो । रियलका लागि खेलको अन्तिम समय घातक बन्यो ।

पहिलो हाफमा रियल मड्रिडले गोल गर्ने सुन्दर मौका बनाएको थियो । ग्यारेथ बेलले हेट मार्फत गोल गर्ने राम्रो अवसर बनाएका थिए ।

यस्तै क्रिष्टियानो रोनाल्डोले प्रहार गरेको फ्रि–किक बल बारमा लागेर फर्कियो ।  दोस्रो हाफमा भिल्लारियलले सुधारिएको प्रदर्शन गर्‍यो र अन्तिम समयमा कर्नर किक मार्फत फोर्नाल्सले गोल गरे । भिल्लारियलले रियललाई उसकै मैदानमा हराएको यो पहिलो पटक हो । साबिक विजेता रियल मड्रिडका लागि आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउनै संघर्ष गर्नु पर्ने जस्तो बन्दै गएको छ । पराजित भएको रियल १८ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ । १९ खेलबाट ३१ अंक जोडेको भिल्लारियल पाँचौँ स्थानमा छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि रहेको छ । राति नै भएको खेलमा एइबरलाई १–० ले हराएको एथ्लेटिको मड्रिड १९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ । अरु खेलमा जिरोनाले लास पालमसलाई ६–० तथा भ्यालेन्सियाले डिप्रोटिभो डि ला कोरुनालाई २–१ ले हरायो । १९ खेलबाट ४० अंकसहित भ्यालेन्सिया तेस्रो स्थानमा कायम छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया