MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

अमेरिकामा उत्तर कोरियाको डर : मिसाइल आक्रमण हुन लागेको गलत सूचनाले त्रास

पुस ३० – अमेरिकाको हवाई राज्यमा मिसाइल आक्रमण हुन लागेको भन्दै सचेत गराउन सूचना पठाउने स्वीच गल्तीले थिच्दा सर्वसाधारण नागरिकमा त्रास फैलिएको छ । स्थानीय समय अनुसार शनिबार बिहान मिसाइल आक्रमण हुन सक्ने संकेत पाएपछि नागरिकलाई सचेत गराउने जिम्मासहित एक कर्मचारीले गल्तीबस स्वीच थिच्दा मिसाइल आक्रमण हुन लागेको सूचना सर्वसाधारणको मोवाइलमा गयो ।

सर्वसाधारणको मोवाइलमा ब्यालेस्टिक मिसाइलको खतरा हवाईमा बढेकाले तत्काल सुरक्षित स्थानको खोजी गर्न र यो झुठ होइन भन्ने सूचना गयो । तर त्यसको केही समयपछि गल्तीबस मिसाइल अलर्ट स्वीच थिच्दा सूचना गएको भन्दै माफी मागिएको थियो । हवाईका गभर्नर डेविड इगीले माफी माग्दै कर्मचारीको गल्तीका कारण गलत सूचना गएको बताउनुभयो । सरकारले घटनाको पूर्ण छानबिन हुने बताएको छ ।

उत्तर कोरियाबाट हवाईमा मिसाइल आक्रमण हुन सक्ने खतरा रहेको भन्दै त्यहाँ नागरिकलाई सचेत बनाउनका लागि सूचना प्रणाली राखिएको छ । मिसाइल आक्रमणको खतरा हुने बित्तिकै सूचना केन्द्रमा रहेका कर्मचारीले स्वीच थिच्ने छन् र लगतै राज्यका बासिन्दाको मोवाइलमा चेतावनीसहितको सूचना पुग्छ ।

गएको डिसेम्बरमा हवाईमा यो सूचना प्रणालीको परीक्षण गरिएको थियो । यो सूचना मोवाइलमा जानुका साथै स्थानीय टेलिभिजन तथा रेडियो स्टेशनबाट पनि प्रशारण भएको थियो । चेतावनीसहितको सूचना पाएपछि हवाईका बासिन्दा सुरक्षित स्थानको खोजीमा लागेका थिए । तर सूचना झुठ रहेको थाहा पाएपछि उनीहरु आक्रोशित भएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया