MENU

खेल

रियल मड्रिडका डिफेन्डर मार्सेलो : हामी डुब्दै गए जस्तो लाग्यो

पुस ३० – रियल मड्रिडका डिफेन्डर मार्सेलोले अब आफूहरु डुब्दै गएको महसुस हुन थालेको बताएका छन् । ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा भिल्लारियलसँग १–० ले पराजित भएपछि प्रतिक्रिया दिँदै मार्सेलोले आफूहरु डुब्दै गए जस्तो लागेको बताएका हुन् ।

हारपछि साबिक विजेता रियल मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि परेको छ । पाब्लो फोर्नाल्सले ८७ औँ मिनेटमा गरेको गोलबाट भिल्लारियल विजयी भयो भने रियल मड्रिडको कमजोर यात्राको थालनी ।

पछिल्लो ११ वर्षदेखि रियल मड्रिडमा रहेका मार्सेलोले भने ‘यो मैले रियल मड्रिडमा अनुभव गरेको अहिलेसम्म कै खराब अवस्था हो । हामीले राम्रो फुटबल खेल्ने प्रयास गर्‍यौँ, गोल गर्ने पनि तर सफल भएनौँ ।’ आफूहरु बाहिरबाट हेर्दा निराश, आक्रोशित र डुब्दै गए जस्तो देखिने मार्सेलोको भनाई छ ।

रियल मड्रिडलाई अर्को धक्का, रोनाल्डोले फेरि गोल गर्न सकेनन्

यो खेलमा रियल मड्रिडले २८ पटक पोस्ट प्रहार गरे पनि गोल भने गर्न सकेन । साबिक विजेता रियल मड्रिडका लागि आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउनै संघर्ष गर्नु पर्ने जस्तो बन्दै गएको छ । पराजित भएको रियल १८ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ । १९ खेलबाट ३१ अंक जोडेको भिल्लारियल पाँचौँ स्थानमा छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि रहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया