MENU

अर्थ

Ncell Axiata

रुपन्देही उद्योग संघमा अधिकारीको नेतृत्व

रुपन्देही, पुस ३० – रुपन्देही उद्योग संघको अध्यक्षमा गणेशप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । उहाँले अर्का प्रत्यासी सुनिल श्रेष्ठलाई पराजित गर्नुभयो । आइतबार बिहान घोषणा गरिएको परिणाम अनुसार अधिकारीले ४८६ मत र श्रेष्ठले २७० मत ल्याउनु भयो ।

वरिष्ठ उपाध्यक्षमा बाबुराम बोहोरा, प्रथम उपाध्यक्षमा माधवप्रसाद पौडेल र द्धितिय उपाध्यक्षमा दिलिप सापकोटा निर्वाचित हुनुभएको छ ।

महासचिवमा कृष्ण पराजुली र सचिवमा जीवकान्त काफ्ले जीवन  निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा शिवकुमार पाठक र सहकोषाध्यक्षमा हरिबहादुर खत्री क्षेत्री विजयी हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया