MENU

समाज

ujyaalo forign call inside

घरकाे जग राख्न शुक्र कुर्दै रसुवाका भूकम्प पीडित

रसुवा, पुष ३० – रसुवाका भूकम्प प्रभावितले शुक्र उदाएपछि मात्र घर निर्माण सुरु गर्ने भएका छन् । गत वर्षको माघभन्दा अगाडी किस्ता बुझेका प्रभावितले पुष मसान्तसम्ममा दोस्रो किस्ता बुझि सक्नुपर्ने भएपनि शुक्र उदाउने दिनलाई पर्खदा जग राख्ने काम समेत गरेका छैनन् । 

माघ १८ गते शुक्र उदाएपछि मात्र घर निर्माण सुरु गर्न लागेका भूकम्प प्रभावित किस्ता पाउनबाटै बञ्चित हुने देखिएका छन् । गएको वर्षको माघ महिना अगावै ५० हजार बुझेका प्रभावितले अहिलेसम्म जग राखेका छैनन् । 

शुक्र अस्ताएको अवस्थामा घर निर्माण गर्दा शुभ नहुने हुँदा गाउँमा घर बन्न नसकेको कालिका गाउँपालिका–५ का भूकम्पपीडित सोमकुमारी देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शुक्र अस्ताएका बेलामा घर बनाउन थाल्दा शुभ हुँदैन् भनेर गाउँका अरुले पनि घर बनाएका छैनन् ।’ शुक्र उदाएपछि ज्याङलाङका करिब २० लाभग्राहीले घर निर्माण थाल्ने बताएका छन् । 

म्याद थप्न प्रभावितको माग 

चिसो मौसम, चाडपर्व, विभिन्न चरणमा भएको चुनाव, कामदारको अभाव, निर्माण सामग्रीको अभाव लगायतका कारण निजी आवास निर्माण हुन नसकेकोले म्याद थप्न जिल्लाका प्रभावितले आग्रह गरेका छन् । 

लोकसेवा आयोगले कर्मचारी भर्ना गरेको जस्तो समयसीमा तोकेर सरकारले प्रभावितमाथि अन्याय गरेको गोसाइँकुण्ड गाउँपालिका–६ का भूकम्प पीडित लामा सम्देन घलेले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘घर बनाउने बेलामा चुनावको मिति घोषणा गरेर काममा अवरोध पुर्‍याउने अनि लोकसेवा आयोगले कर्मचारी भर्ना गरेजस्तो गरेर सरकारले हामीमाथि अन्याय गरेको छ । घर निर्माणका लागि सरकारले सचेत गराउन पर्नेमा समयसीमा तोक्दा समस्या आएको उहाँको भनाई थियो । 

जिल्लामा पुननिर्माणको अवस्था 

३२ महिनाअघि गएको भूकम्पले जिल्लाको करिब ९८ प्रतिशत घर पूर्ण क्षति भएको थियो । जिल्लामा ११ हजार ६ सय २९ लाभग्राही छन्  । 

जिल्लामा रहेका लाभग्राहीमध्ये १० हजार एक सय ५९ सँग अनुदान सम्झौता भएको छ । तीन हजार २ सय जनाले दोस्रो किस्ता बुझेका छन् भने एक हजार नौ सय लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् । 

आज बेलुकी ४ बजेसम्म प्राप्त भएको फाइलका आधारमा दोस्रो किस्ता वितरण गरिने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाका प्रमुख धिर फडेराले बताउनुभयो । 

प्रमुख फडेराका अनुसार फाइल आउने क्रम जारी रहेकाले साँझसम्ममा एकिन तथ्याङ्क आउने छ । जिल्लामा सबैभन्दा कम नौकुण्ड गाउँपालिकाको यार्सामा घर निर्माण भएको छ । त्यहाँ अहिलेसम्म आधा दजर्न लाभग्राहीले मात्र पुननिर्माण गरेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया