MENU

समाज

थारु समुदायको माघी पर्व सुरु

भावुक योगी/उज्यालो । 

बर्दिया, पुस ३० – मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माघी पर्व सुरु भएको छ । मघौटा, हुरदंगवा, सखिया, गितमा नाचगान गर्ने, माघे संक्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परीकार खाने र माघी नुहाउने थारु समुदायमा चलन छ ।

थारु समुदायमा विशेषगरी नयाँ धान कुटाएर चामलको पिठोबाट ढिक्री बनाउने गरिन्छ । माघे संक्रान्तिका विहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पुजा गर्ने परम्परागत चलन छ । 

थारु समुदायको बाहुल्यता रहेको पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत क्षेत्रमा माघे संक्रान्तिका दिनलाई थारुहरुले ठूलो चाडका रुपमा मनाउने गर्दछन् । थारु समुदायले नयाँ वर्षको रुपमा यो पर्व मनाउने गर्दछन् । माघी पर्वका अवसरमा थारु समुदायले मघौटा नाचगान गर्ने परम्परा बिस्तारै हराउँदै गएको छ । होमस्टे, केही संघ संस्था तथा क्लवहरुले थारुहरुको संस्कृतिको  यस्ता नाचहरु देखाउने गरेका छन् । 

माघी पर्व सँगै थारु जातीमा खेतबारी अधिया बटैयाँ लगाउने, गाँउको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन पनि कायम छ । अधिकाश थारु समुदायका युवा भारत तथा अन्य देशमा वैदेशिक रोजगारमा जान थालेपछि गाउँमा जग्गा अधियाँ लगाउने मान्छे पाउन समस्या भएको छ । कतिपयले प्रविधिको प्रयोगबाट आफैँ खेती गर्न थालेका छन् । 

दैलेख, कालिकोट, मुगु, जुम्लालगायतका पहाडी जिल्लाबाट बसाइँ सरी बर्दियामा बसोबास पहाडी क्षेत्रको मेलामा गाईने देउडा गीत गाएर पनि परम्परागत माघी मेलालाई थप रमाईलो बनाउन थालेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया