MENU

समाज

Ncell Axiata

मानव बेचविखन विरुद्धको काममा अमेरिकाले ९१ करोड सहयोग गर्‍याे

काठमाडौं, पुस ३० – अमेरिकाले मानव बेचविखन विरुद्ध नेपालले राम्रो काम गरेको भन्दै सहयोग गरेको छ ।

 ४ सय २९ जना मानव तस्कर पक्रिएको र ९६ जना मानव तस्करविरुद्ध बेचविखनको मुद्दा टुङ्गो लगाएको भन्दै ९१ करोड रुपैयाँ सहयोग गरेको नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत जनाएको छ । यो रकम मानव बेचविखन विरुद्ध लड्नका लागि नै सहयोग गरेको हाे ।


यस्तै मानव बेचविखनमा पर्नबाट जोगिएका ८१० जनालाई पनि दूतावासले सहयोग गरेको छ । विश्वभर २ करोड ५० लाख भन्दा धेरै मानव बेचविखनको सिकार भएको दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस