MENU

समाज

ujyaalo forign call inside

ट्रयाक्टर दुर्घटनामा १ को ज्यान गयो २ घाइते

बैतडी, पुष ३० – ट्रयाक्टर दुर्घटना हुदा डडेल्धुरामा एक जनाको ज्यान गएको छ । आइतबार विहान डडेलधुराको परशुराम नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको हो । दुर्घटनामा परि दुई घाइते भएका छन् ।

ज्यान गुमाउनेमा परशुराम नगरपालिका –५, का २२ वर्षीय चालक दिपक भट्टराई रहेका छन् भने त्यही ठाउँका मजदुर नवराज भट्टराई र लक्ष्मण भट्टराई घाइते भएका छन् । 

नदीबाट बालुवा लिएर आउँदै गरेको से १ प ९५५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया