MENU

समाज

​संखुवासभा जीप दुर्घटना : मकालु गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु(अपडेट)

संखुवासभा, पुस ३० –संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गएको जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । 

प्रमुख जिल्ला  अधिकारी शिवराज जोशीका अनुसार भोटखोला खोला गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा जीप दुर्घटना भएको हो । दुर्घटनामा आइतबार दिउँसो १२ बजे भएको थियो । दुर्घटनामा परि पाथीभरा हेदांनाका सुरेश राईको  मृत्यु भएको प्रहरीले जनाएको छ ।  भूकम्प पुनर्निर्माण प्राधिकरणका कर्मचारीसहित गएको टोली दुर्घटनामा परेको हो । 

घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । गाडी कसरी दुर्घटना भयो भन्ने विषयमा जानकारी आएको छैन । मृत्यु हुने अन्य ३ जनाको सनाखत नभएको प्रजिअ जोशीले जानकारी दिनुभयो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया