MENU

समाज

ujyaalo forign call inside

संखुवासभा जीप दुर्घटना : मृत्यु हुनेको सनाखत भयो (अपडेट)

संखुवासभा, पुस ३० –संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभानतर्फ गएको जीप दुर्घटना हुँदा ज्यान गएका ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालसहित ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुइकेल, पाथीभरा हेदांनाका सुरेश राई र जीप चालकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । 

दुर्घटनामा परेका सबैजनाको शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका–३, मा पर्नेे सामाटार भन्ने स्थानमा आइतबार दिउँसो १२ बजे दुर्घटना भएको थियो ।

घटनास्थल निक्कै भीरालो भएकाले घटना भएको ४ घण्टापछि शव निकालिएको प्रहरीले जनाएको छ । जीप स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको रहेको प्रजिअ जोशीले बताउनुभयो ।

जीपमा भूकम्प पुनर्निर्माण सम्बन्धि तालिम दिन समाजशास्त्री, इन्जिनियर, सूचना अधिकृतलगायतको टोली काठमाडौंबाट जीप लिएर संखुवासभा आएका थिए । घटना लगत्तै पुगेको प्रहरीले शव झिकेका हुन् । प्रहरी निरीक्षक गौतमका अनुसार जीपको झ्याल काटेर उनीहरुको शव झिकिएको हो ।

जीप सडकबाट करिब ३ सय मिटर तल झरेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । जीप कसरी दुर्घटना भयो भन्ने विषयमा कुनै जानकारी नपाएको प्रहरीले जनाएको छ । यो सडक खण्ड करिब २ महिना अघिमात्र ट्रयाक खोलिएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया