MENU

खेल

ujyaalo forign call inside

इंग्ल्याण्डले अष्ट्रेलियालाई ५ विकेटले हरायो


पुस ३० –अष्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड विजयी भएको छ । 

अष्ट्रेलियाले दिएको ३ सय ५ रनको लक्ष्य इंग्ल्याण्डले ७ बल बाँकी छदै ५ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्याण्डका लागि जोसन रोयले १ सय ८० रन बनाए भने कप्तान जोय रुटले ९१ रनको योगदान दिए । 

मेलवर्नमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । उसका लागि आरोन फिन्चले १ सय ७ रन बनाएका थिए ।

जितसँगै इंग्ल्याण्डले पाँच खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । यसअघि भएको पाँच खेलको टेस्ट श्रृंखला भने अष्ट्रेलियाले ४–० ले जितेको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया