MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​बदाम खेतीप्रति किसानको चासो घट्यो

उपेन्द्र येक्तेन, उज्यालो ।


पाँचथर, पुस ३० – पाँचथरको दक्षिणी क्षेत्रमा बदामको उत्पादनमा भारी गिरावट आएपछि बदाम खेतीप्रति किसानको चासो घट्दै गएको छ ।

जिल्लाको कुम्मायक गाउँपालिकाको भूल्के, कागेस्वरी, माथिल्लो भूल्के, विजुवापानीलगायतका ठाउँका किसानले मुख्य आम्दानीको रुपमा बदाम उत्पादन गर्दै आइरहेका छन् । तर वर्षेनी उत्पादन घट्दै गएपछि खेतीप्रति किसानको चासो घटेको हो । यो वर्ष बदामको उत्पादन ६० प्रतिशतले घटेको कृषकको भनाई छ ।

उन्नत जातको विउको अभावमा परम्परादेखि स्थानीय जातको बदाम रोप्ने गरेकाले पनि उत्पादन क्षमता घटिरहेको स्थानीय शिक्षक प्रेम आचार्यले बताउनुभयो । गएको वर्ष  १५ मुरीसम्म बदाम उत्पादन भएको बारीमा यसपल्ट ८ मुरी मात्रै भएको किसान पदम कार्कीले बताउनुुभयो । सुख्खा क्षेत्रमा रोपिने बदामको लागि थोरै सिंचाई पनि पर्याप्त हुन्छ ।

जिल्लाको सुख्खाग्रस्त क्षेत्र स्यावरुम्वा, यासोक, रानीगाउँ, मौवा, आङ्ना, हाङ्गुमलगायत क्षेत्रबाट बदाम उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन हुने बदाम स्थानीय बजारहरु र सदमुकाम फिदिममा खपत हुँदै आएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया