MENU

मनोरञ्जन

ujyaalo forign call inside

रणवीर र आलियाको फिल्म ‘गली ब्वाय’ को छायांङ्कन सुरु

पुस ३० –‘पद्मावत’ अभिनेता रणवीर सिंह र आलिया भट्टले एक अर्को फिल्म ‘गली ब्वाय’को काम सुरु गरेका छन् ।
 

यो एक सांगीतिक ड्रामामा आधारित फिल्म हो, जस्को निर्देशन जोया अख्तरले गरिरहेकी छिन् । ‘गली ब्वाय’ मुम्बईका स्ट्रीट र्‍यापर डिभाइन र नेजीको जीवनीमा आधारित फिल्म हो ।

फिल्मका कलाकारहरुले सामाजिक संजालमा फिल्म सम्बन्धी विभिन्न  गतिविधिहरु पोस्ट गरिरहेका छन् जसले गर्दा बलिउड कलाकारहरु तथा फ्यानहरु निकै उत्साहित भइरहेकाछन् ।  

यतिबेला रणवीरको अर्को फिल्म ‘पद्यावत’ विभिन्न विवादहरुको केन्द्रमा रहेको छ । रणवीरका अनुसार उनी आफ्नो नयाँ फिल्म ‘गली ब्याय’मा काम गर्न निकै उत्साहित छन् । 

नायिका आलिया भट्टले ट्वीटर मार्फत फिल्मको छायांकन आजबाट सुरु भएको जानकारी सहितको पोष्ट गरेकी छिन् । 

फिल्मकी निर्देशक जोया अख्तरले पनि फिल्मको छायांकनको पहिलो दिनको फोटोसहितको पोष्ट इन्स्टाग्राम मार्फत सेयर गरेकी छिन् । यस फिल्ममा रणवीर सिंह, आलिया भट्टसंगै कल्की कोचलिनको भूमिका पनि रहेको छ । 
 

 

Day 1 #herewego #gullyboy #slateit #makingmovies #anotherdayinparadise

A post shared by Zoya Akhtar (@zoieakhtar) on

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया