MENU

समाज

Ncell Axiata

​सेनाको रगतले डोटीमा सुत्केरीको ज्यान बच्यो

विमल विष्ट/उज्यालो । 

डोटी, पुस ३० – रगतको मात्रा कम भएर सुत्केरी गराउन समस्या भएकी डोटीकी सानु बमलाई एकजान नेपाली सेनाका अधिकारीले रत्तदान गरेर बचाएका छन् । 

डोटीको सिलगढीमा रहेको रुद्रध्वज गणका नायक टंकबहादुर कट्वालले दानगरेको रगतका कारण डोटीको बोगटान गाउँपालिका ६ गगुडाकी २२ वर्षीया सानु बमको ज्यान बचेको हो । सुत्केरी गराउन दिपायल पिपल्ला स्थित शैलेश्वरी अस्पालमा भर्ना हुन आउनु भएकी २२ वर्षीया बमको सरिरमा रगतको मात्रा कम हुदा ज्यान जोखिममा परेको थियो । 

रगत नभएर ज्यान जोखिममा परेको सूचनाको आधारमा कट्वालले रगत दिएपछि बमको ज्यान बचेको शैलेश्वरी अस्पतालका निर्देशक आईजंग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो ‘सानु जी को ‘सिएस’ गरेर बच्चा निकाल्नु पर्ने भएको थियो उहाँको शरीरमा रगतको मात्रा निकै कमि थियो, रगत नपाउँदा ज्याननै खतरामा पर्ने भएपछि हामीले सैनिक सँग रगत माग्यौ र  आमा बच्चाको ज्यान जोगायौ ।’ नायक कट्वालले एकपिन्ट रगत दान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया