MENU

अर्थ

सोमबारदेखि रसुवागढी नाकामा कन्टेनर सञ्चालन नहुने

रसुवा, पुष ३० –चीनसँगको व्यापारिक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालनमा रोक लगाइने भएको छ । माघ ४ गते मनाइने ल्होसार पर्वका कारण कन्टेनर सञ्चालन रोकिने भएको हो । 

चीनको केरुङमा रहेका कन्टेनरहरुमा आज सिल लगाइएको छ । आइतबार सिल नलागेका कन्टेनर चिनियाँ भन्सार सुचारु नहुँदासम्म त्यही रहने छन् । माघ १ गतेदेखि माघ ८ गतेसम्म चिनियाँ भन्सारले काम नगर्ने भएकाले कन्टेनर सञ्चालन नहुने प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिनुभयो । 

माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने भएको हो । 

चिनियाँ भन्सार बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् । 

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । 
चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । 

चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरालगायतका सामग्री निर्यात हुने गरेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया