MENU

समाज

Ncell Axiata

रिडीमा माघे संक्रान्ति मेला सुरु

जनार्दन घिमिरे उज्यालो । 

गुल्मी, पुस ३० –गुल्मीको धार्मिक क्षेत्र रिडीमा माघे संक्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रको रिडीमा बर्सेनी तीन दिनसम्म भव्य रुपमा माघे संक्रान्ति मेला लाग्ने गर्दछ ।

 

मेलालाई थप व्यवस्थित बनाउन यस पटक कालीगण्डकीको किनारलाई सफा गरी तिर्थालुलाई नुहाउन सहज बनाइएको छ । समितिको पहलमा पहिलो पटक रिडी क्षेत्रमा आउने तिर्थयात्रीहरुलाई ऋषिकेश मन्दिर परिसरमा निशुल्क भोजन गर्ने व्यवस्थासमेत मिलाइएकोे रुरु क्षेत्र विकास समितिका अध्यक्ष रामलाल विश्वकर्माले बताउनुभयो ।

मेलाको अवसरमा टाढाटाढाबाट व्यापार गर्न आउने व्यवसायीका लागि समितिले स्टलहरु निर्माण गर्ने काम सम्पन्न गरिसकेको छ । समितिको पहलमा दुई सय स्टलहरु निर्माण गरिएको हो ।

स्थानीय रुरु फ्रेण्डस् क्लबले रिडीको खेल मैदानमा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतिसहित वृहत् सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गर्न लागेको बताएका छन् । मेलामा बाल उद्यान, कृषि सामग्री प्रदर्शनी, स्थानीय खाद्य परिकारलगायत पहिलो पटक फोटो प्रदर्शनी राखिने भएको छ । स्थानीय युवाको पहलमा रुरु क्षेत्रसँग सम्बन्धित पुराना र नयाँ तस्बिर प्रदर्शनीमा राखिने छ ।

माघे संक्रान्तिको पहिलो दिन दिनभर कालीगण्डकी नदीमा स्नान गर्न आउने श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । रुरु क्षेत्रको कालीगण्डकी नदीमा स्नान गरेपछि ऋषिकेश मन्दिरमा पूजा गर्ने गर्दछन् ।

रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले धार्मिक तथा पर्यटकीय स्थल रीडी क्षेत्रको विकास, त्यसको प्रचार प्रसारका साथै मेलाको व्यवस्थापन कार्यमा सहयोग पुर्याउँदै आएको पर्यटन विकास समितिका कार्यकारी अधिकृत नरेश भण्डारीले बताउनु भयो ।

माघे संक्रान्तिको दिनमा कालीगण्डकीमा गएर स्नान गरेपछि मानिसले अञ्जानका गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ । त्यसै विश्वासका आधारमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक मान्यताका कारण हजारौं श्रद्धालहरु रिडी क्षेत्र धाममा आउने गर्दछन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया