MENU

खेल

ujyaalo forign call inside

सुदूरपश्चिम खप्तड गोल्डकप :आर्मी र एपिएफ उपाधिका लागि भिड्ने


नवराज पनेरु उज्यालो ।

कैलाली, पुस ३० –सशस्त्र प्रहरी बलको एपिएफ क्लव धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ ।

आइतबार भएको दोश्रो सेमिफाइनलमा घरेलु टोली सुदुरपश्चिम ११ लाई २–० ले स्तव्ध पार्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफले सोमबार उपाधिका लागि अर्को विभागीय टोली नेपाल आर्मीको सामना गर्ने छ ।

आइतबार धनगढी रंगशालामा भएको खेलको पहिलो हाफमा घरेलु टोली सुदूरपश्चिम ११ ले विभागीय टोली एपिएफलाई निकै दवावमा राखेको थियो । पहिलो हाफमा गोल गर्ने थुप्रै मौका पाए पनि सुदूरपश्चिमले गोल गर्न नसकेपछि एपिएफले दोश्रो हाफमा २ गोल गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो ।

एपिएफका लागि पहिलो गोल अन्जन विष्टले ५६ औ मिनेटमा गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसको १९ औँ मिनेटमा एपिएफकै नविन लामाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । दोश्रो गोल गरेका लामाले खेलको म्यान अफ द म्याच हुँदै नगद १० हजार हात पारे ।

खेलपछि प्रतिक्रिया दिँदै एपिएफका कोच रत्नकाजी श्रेष्ठले घरेलु टिमलाई सेमिफाइनलमा पराजित गरेपछि प्रतियोगिताको उपाधि जित्न मनोवल बढ्ने बताउनुभयो । सुदूरपश्चिम ११ का कोच ललित चन्दले विभागीय टोलीमा बलिया खेलाडीको वर्चश्व भएकाले जित्न नसकेको बताउनुभयो ।

प्रतियोगिताको फाइनल सोमबार दिउँसो धनगढीमा रंगशालामा आर्मी र एपिएफबीच हुने छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया