MENU

समाज

​माघे सक्रान्ति मनाउन राउटे समुदायलाई सरकारले दियो खसीसहित खाद्यान्न

दैलेख, पुस ३० –दैलेखको महाबु गाउँपालिका वडा नम्बर–३, इनेदुलामा सरेका राउटे समुदायलाई माघे संक्रान्ति मनाउन जिल्ला प्रशासन कार्यालयले आइतबार समुदायमै पुगेर कम्बल र खाद्यान्न वितरण गरेको छ ।

राउटे समुदायले दसैँसरह नै मनाउने माघे संक्रान्ति पर्वलाई खर्चका लागि नेपाल सरकारले पठाएको १ लाख ३० हजार रुपैयाँ र स्थानीय श्रोतसमेत जुटाएर खाद्यान्न र कम्बल बाँडेको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुुसार सरकारबाट प्राप्त १ लाख ३० हजार रुपैयाँमा राउटे समुदायका ४२ घरपरिवारलाई प्रति परिवार ३० केजी चामल, १–१ केजी नून, तेल र दाल दिइएको छ । यसका अलावा समुदायले आफै बाँडेर खाने गरी २ वटा खसी पनि दिइएको छ ।

जाडो बढेसँगै राउटे समुदायलाई समस्या परेको भन्ने जानकारीका आधारमा स्थानीय प्रशासनको आग्रहमा दैलेख उद्योग वाणिज्य संघ र सामाजिक सेवा केन्द्र (सोसेक)ले प्रत्येक परिवारलाई १–१ वटा कम्बल वितरण गरिएको राउटे, लोपोन्मुख तथा सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी दिनुभयो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया