MENU

बातावरण-कृषि

Ncell Axiata

​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

सर्लाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ ।

शीतलहर र लाइकीराबाट तोरी, गोलभेडा, आलु, काउलीलगायतका बाली जोगाउन प्रयोग गरिएको रासायनिक विषादीबाट मौरी मर्न थालेको हो । यसरी खेतबारीमा हालेको रासायनिक विषादीको कारण मौरी मर्न थालेको सर्लाही नेत्रगंजका मौरी पालक किसान दुर्गाबहादुर खड्काले बताउनुभयो । वातावरणको पद्दति सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मौरी पछिल्लो समय किसानले बाली जोगाउन प्रयोग गरेको रसायनिक विषादीको कारण मर्ने थालेका छन् ।

वन जंगलको कमीले मौरी चरण क्षेत्र अभाव र खेतबारीमा बढी विषादी प्रयोगको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसानहरुको पेसा नै संकटमा पर्न थालेको छ। सर्लाहीमा करीब ३ सय ५० व्यवसायिक मौरीपालक किसान रहेका छन् ।

मौरीको मह उत्पादनको दृष्टिले सर्लाही निकै राम्रो क्षेत्र मानिएको छ । यहाँ वार्षिक ४० देखि ५० टन मह उत्पादन हुने गरेको नेपाल मौरी पालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले बताउनु भयो । चिसो र विषादीको कारण मौरी मरेर लगानी डुब्ने स्थितीमा पुगेपछि सरकारले किसानलाइ उचित राहतको व्यवस्था गरिदिनु पर्ने अध्यक्ष पाण्डेको भनाइ छ ।

यस पटक मौरी मरेका कारण  अहिलेसम्म एक पटक पनि मह निकाल्न नपाएको लालबन्दी २ का किसान रामकृष्ण बम्जनले गुनासो गर्नुभयो । बालीमा विषादी कम गर्न जिल्ला कृषि विकास कार्यलय सर्लाहीले कृषकलाई पटक-पटक जनचेतनामूलक कार्यक्रम गरे पनि त्यसको कुनै प्रभाव  देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस