MENU

समाज

Ncell Axiata

​ट्रयाक्टरको ठक्करबाट कपिलवस्तुमा बालकको मृत्यु

कपिलवस्तु, पुस ३० –ट्रयाक्टरको ठक्करबाट महाराजगञ्ज नगरपालिका वडा नम्बर–११, वडे गाउँमा एक बालकको ज्यान गएकोे छ ।

घर नजिकैको चोकमा खेलिरहेका बेला आइतबार साँझ भे १ त ६९७७ नम्बरको ट्रयाक्टरको ठक्करबाट स्थानीय ५ वर्षीय महेन्द्र यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा आएको ट्रयाक्टरले चोकमा घुमाउने क्रममा बालकलाई ठक्कर दिँदा बालकको घटनास्थलमै ज्यान गएको स्थानीय बासीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस

सोसल मिडिया