MENU

विज्ञान प्रविधि

Ncell Axiata

ब्ल्याक डेथको कारण उपियाँ र जुम्रा, मुसा होइन

माघ २ – मानव इतिहासमा सबैभन्दा भयानक महामारीको रुपमा रहेको ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले बताएका छन् । चौधौँ शताब्दीमा युरोएसिया तथा मध्य युरोपमा फैलिएको महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।

शृङ्खलाबद्ध रुपमा फैलिएको महामारीका कारण धेरै मानिसको ज्यान गएका कारण त्यसलाई ब्ल्याक डेथ भन्ने गरिएको छ । प्लेगसहितका महामारीका कारण मानिसको ज्यान गएको हो । त्यसको कारण अहिलेसम्म मुसालाई मानिदै आएको छ ।

तर युनिभर्सिटी अफ ओस्लो र युनिभर्सिटी अफ फेराराका अनुसन्धानकर्ताका अनुसार प्लेगसहितका महामारी फैलिनुमा मुसा नभइ उपियाँ र जुम्रा रहेको अनुमान छ । मुसाका कारण नभइर मानिसको शरीर तथा लुगामा बस्ने उपियाँ तथा जुम्राले गर्दा प्लेगसहितको महामारी फैलिएको प्रमाण भेटिएको ओस्लो विश्वविद्यालयका प्राध्यापक निल्स स्टेनसेथले बताउनुभयो ।

महामारी फैलिएका युरोपका नौ शहरमा गरिएको अनुसन्धानमा महामारी फैलिनुको कारण मुसा भन्दा उपियाँ र जुम्रा बढी रहेको देखिएको हो । महामारीमा मुसा पनि कारक देखिएको छ तर त्यो भन्दा बढी मानिसको शरीरमा रहने उपियाँ र जुम्रा प्रमुख रहेको प्राध्यापक स्टेनसेथले बताउनुभयो । अनुसन्धान गरिएका ९ मध्ये सात शहरमा उपियाँ र जुम्रा कारक देखिएको उहाँको भनाई छ ।

मुसाका कारण भन्दा उपियाँ र जुम्राका कारण महामारी छिटो फैलिएको अनुसन्धानकर्ताले बताएका छन् । यसरी हेर्दा मानिसको शरीरमा रहने उपियाँ वा जुम्रा नै महामारीको प्रमुख कारक रहेकाले दोष मुसालाई नभई मासिनलाई नै दिनु पर्ने अनुसन्धानकर्ताको तर्क छ ।

चौधौँ शताब्दीमा मात्रै दुई करोड ५० लाख मानिसको ज्यान गएको महामारी १९ औँ शताब्दीसम्म  शृङ्खलाबद्ध रुपमा फैलिएको थियो । यसले गर्दा समग्रमा सात करोड ५० लाख देखि २० करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया