MENU

समाज

ujyaalo forign call inside

रसुवामा ५२ सय भूकम्प प्रभावितले दोस्रो किस्ता पाउने

रसुुवा, माघ २ – रसुुवामा पाँच हजारभन्दा बढी भूकम्प पीडितले दोस्रो किस्ताको प्रक्रिया पूरा गरेका छन् । गत वर्ष माघ महिनाअघि पहिलो किस्ता बुझेका लाभग्राहीमध्ये पुष मसान्तसम्ममा पाँच हजार दुई सय लाभग्राहीले मात्र दोस्रो किस्ताको लागि प्रक्रिया पूरा गरेका हुन् । 

शहरी विकास तथा शहरी विकास निर्माण विभाग डिभिजन कार्यलयका अनुसार ४५ प्रतिशत लाभग्राहीले मात्र दोस्रो किस्ता पाउने भएका छन् । चिसो मौसम, चाडपर्व, विभिन्न चरणमा भएको चुनाव, कामदारको अभाव, निर्माण सामग्रीको अभाव लगायतका कारण निजी आवास निर्माण हुन नसकेको भूकम्प पीडितले बताएका छन् । 

भूकम्प प्रभावित १४ जिल्लामा निजी घर पुननिर्माणले गति नलिएपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले समयसीमा तोकेको थियो । गत माघ महिना अगाडी पहिलो किस्ता बुझेका लाभग्राहीले यहि पुष मसान्तसम्ममा दोस्रो किस्ता बुझि सक्नुपर्ने थियो । 

२०७३ माघ महिनापछि पहिलो किस्ता बुझेका लाभग्राहीले पनि चैत महिनासम्ममा दोस्रो किस्ता बुझिसक्नु पर्ने समयसीमा तोकिएको छ । ३२ महिनाअघि गएको भूकम्पले जिल्लाको करिब ९८ प्रतिशत घर पूर्ण क्षति भएको थियो । जिल्लामा ११ हजार ६ सय २९ लाभग्राही छन्  । 

जिल्लामा रहेका लाभग्राहीमध्ये १० हजार एक सय ५९ सँग अनुदान सम्झौता भएको छ । करिब एक वर्षको अवधीमा एक हजार आठ सय लाभग्राहीले तेस्रो किस्ता लिएका सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाले जनाएको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया