MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​गुल्मीमा सुन्तला उत्पादन घट्याे

जनार्दन घिमिरे, उज्यालो ।

गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय गुल्मीका अनुसार गएको वर्ष भन्दा यस वर्ष ३० प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिनुभयो ।

गएको वर्ष ३ हजार १ सय ३० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । व्यवस्थित तरिकाले खेती नगर्नु र प्रयाप्त मात्रामा सिंचाइको सुविधा नहुँदा उत्पादन घटेको कृषि कार्यालय गुल्मीले जनाएको छ । बगैचा सुदृढीकरण नहुनु, किटनासक विषाधीको प्रयोग हुनु, बिरुवालाई समयमै काँटछाँटको अभाव र हावाहुरीका कारण पनि उत्पादन घटेको कृषि विज्ञको भनाई छ । यस अघि जिल्लामा १० करोड भन्दा बढीको सुन्तला उत्पादन हुँदै आएको थियो । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै ५ करोड भन्दा बढी रकम बराबरको सुन्तला उत्पादनमा घाटा भएको हो । अहिले कृषकले सरदर ५० रुपैयाँदेखि ८० रुपैयाँ प्रति केजी सम्ममा सुन्तला विक्रि गर्ने गरेका छन् । तर, बजारमा भने १ सय रुपैयाँदेखि १ सय ३० रुपैयाँ प्रतिकेजी सम्ममा बिक्री गर्ने गरेका छन्  ।

जिल्लाका प्रायजसो नगरपालिका र गाउँपालिकामा सुन्तला खेती गरे पनि सुन्तला उत्पादनको लागि व्यवस्थित मानिने स्थानहरुमा भने अर्लाङकोट, अर्बेनी, जयखानी, दिगाम, हर्दिनेटा, गौंडाकोट, जुभुङ्ग, रेसुङ्गा नगरपालिका, पिपलधारा, हाडहाडे, नयाँगाउँ, भनभने, धुर्कोट रजस्थल, धुर्कोट वस्तु, पुर्कोटदहलगायतका वडाहरु पर्छन् । गुल्मीमा उत्पादन भएको सुन्तला जिल्ला र जिल्ला बाहिर पाल्पा, बुटवल, पोखरा, काठमाण्डौंलगायतका ठूला बजारमा बिक्रि वितरणको लागि लगिने गरिन्छ ।  
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया