MENU

समाज

ujyaalo forign call inside

२० औं भूकम्प सुरक्षा दिवस : १९९० र ०७२ सालका भूकम्पको सम्झना

मदन पौड्याल उज्यालो । 

काठमाडौं, माघ ३ – ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको मूल आधार’ नाराका साथ २० आैं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । काठमाडौंको वसन्तपुरमा भएको विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागि हुनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले विपद्बाट हुने क्षति कम गर्न पूर्व तयारीमा जुट्न स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।

उहाँले नीतिगत तथा कानूनी सुधारका लागि पहल गर्ने दायित्व पनि स्थानीय तहको भएको बताउनुभयो । भवन आचारसंहितको कार्यान्वयन तथा संस्थागत क्षमता विकासमा धेरै काम गर्न बाँकी नै रहेको पाठ ०७२ सालको भूकम्पले सिकाएको पनि बताउनुभयो ।

भूकम्प र अन्य विपद्ले सिकाएको पाठलाई मनन गरी सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण ऐन ०७४ लाई कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । विपद्बारे बेलैमा सचेत हुन सके अगामी दिनमा विपद्का घटनाबाट कसैले पनि पिडा भोग्नु नपर्ने प्रधानमन्त्रीको भनाई छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत सहभागि हुनुभयो ।

१९९० साल माघ २ गते भूकम्प गएको सम्झनामा सरकारले २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो । सरकारी तथा गैरसरकारी संस्थाले विगत २० वर्षदेखि भूकम्पीय जोखिम र यसबाट सुरक्षित हुने संदेशसहितका कार्यक्रम गर्दै आएका छन् ।

वसन्तपुरमा भएको विशेष कार्यक्रम अघि नयाँ सडकको जुद्ध शालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिएको थियो । 

२० औं भूकम्प सुरक्षा दिवस : १९९० र ०७२ सालका भूकम्पको सम्झना

२० औं भूकम्प सुरक्षा दिवस : १९९० र ०७२ सालका भूकम्पको सम्झना

२० औं भूकम्प सुरक्षा दिवस : १९९० र ०७२ सालका भूकम्पको सम्झना

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया