MENU

विचार/अनुभूति

ujyaalo forign call inside

मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ?

डा. बजरंगकुमार रौनियार

रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ । मृगौलामा प्राटिन चुहिनु, मृगौलाको काम अनियमित भएमा मधुमेह सम्बन्धि मृगौला रोग लागेको बुझ्नुपर्छ । मृगौलामा प्रोटिन चुहिने समस्यालाई मेडिकलको भाषामा एल्बुमिन बढी भएको भन्ने गरिन्छ ।

लामो समयसम्म मधुमेह नियन्त्रण भएन भने मृगौलामा समस्या आउँछ र बिस्तारै प्रोटिन चुहिने समस्या आउँछ । यो दीर्घरोग हो । मधुमेह लागेका बिरामीलाई मृगौला रोग लागेपछि पूर्ण रुपमा निको हुँदैन । बेलैमा उपचार गरिएन भने मृगौलाले काम गर्न छोड्छ र बिरामीको ज्यान जान्छ । उपचार गरेर यसलाई नियन्त्रण राख्न सकिन्छ ।

मधुमेह भएको बिरामीको मृगौलामा समस्या आउन कति समय लाग्छ ?
मधुमेहको लक्षण देखाएको कम्तीमा १० वर्षपछि मात्र मृगौलामा समस्या देखा पर्छ । मधुमेह पहिचान गर्न ढिला भएको खण्डमा भने बिरामीले चाडैँ नै ज्यान गुमाउने जोखिम हुन्छ । त्यसैले मधुमेहको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गरिहाल्नुपर्छ ।

मधुमेहको लक्षण

  • धेरै तिर्खा लाग्ने, मुख सुख्खा हुने,
  • पिसाब बढी लाग्ने,
  • तौल घट्ने, 
  • थकाई लाग्ने,
  • घाउ निको नहुने,
  • आँखा धमिलो हुने,
  • हातखुट्टा झम झम हुने, पोल्ने ।

मधुमेह सम्बन्धि मृगौला रोगको लक्षण

  • हातखुट्टा, मुख सुन्निनु
  • रगतमा हेमोग्लोबिनको मात्रा कम देखिनु
  • आँखा सेतो देखिनु
  • वाकवाकि लाग्नु
  • कहिलेकाहीँ पेट दुख्नु

मधुमेहको बिरामीलाई यस्ता समस्या देखा पर्छन्

  • ७० प्रतिशतलाई मुटुको समस्या
  • मृगौलामा समस्या
  • आँखामा समस्या
  • स्नायुमा समस्या

सबै मधुमेहको बिरामीलाई मृगौलामा समस्या हुँदैन

  • खानेकुरामा नियन्त्रण
  • रक्तचापमा नियन्त्रण
  • नियमित आधा घण्टा व्यायाम गर्ने
  • तेलमा तारेको नखाने
  • रातो मासु, चिनी भएको खाना नखाने
  • धुम्रपान, मद्यपान नगर्ने
  • दिनमा ५ पटक खाने

उपचार

  • रगतमा चिनीको मात्रा नियन्त्रण गर्न इन्सुलिन दिने
  • प्रोटिन नचुहिने औषधि
  • प्रोटिन कम भएको खानेकुरा खानदिने

बिरामीले के गर्ने ?

  • नियमित स्वास्थ्य परिक्षण गर्ने
  • रगत, मृगौलाको परिक्षण गर्ने
  • रक्तचाप नियन्त्रण
  • मोटोपन नियन्त्रण 
  • सन्तुलित भोजन गर्ने
  • मुटुको चाल बढ्ने गरी, पसिना आउने गरेर आधा घण्टा व्यायाम नियमित गर्नुपर्छ ।

(ॐ अस्पताल तथा केन सेन्टर बानेश्वरका इन्डोक्राइनोलोजिस्ट, डायबिटिज, हार्मोन तथा थाइराइड विषेशज्ञ डाक्टर बजरंग कुमार रौनियारसँग साथी सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

  • ओलीज्यू, बालुवाटार तपाईँको पेवा हो ?

    मलाई थाहा छ, दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निकै उत्साहित भैसकेका छन् । धैर्य गरेर यो लेख पढ्ने आँट गरेनन् भने उनीहरुले मलाई यो त कम्युनिष्ट विरोधी रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्न पनि सक्छन् ।

  • रोजाको वास्तविकता र सामाजिक सद्भाव

    रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।

  • ​एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

    २ मिनेट, ३ मिनेट, ६ मिनेट जाम खुलेन । १० मिनेट भयो, अझै जाम खुलेन । एम्बुलेन्स एकोहोरो साइरन बजाउँदै छ अझै पनि । एकैछिनमा एम्बुलेन्सको साइरनको चर्को आवाजलाई पनि जित्दै एम्बुलेन्स भित्रबाट कोही चिच्याएको आवाज आयो । सबको ध्यान त्यसैतर्फ तानियो ।

  • ​व्यंग्य – बुढानिलकण्ठबाट जेटका पाइलटलाई फोन : बालुवाटारमा किन रुख रोपेको ?

    ल धेरै धाक नदेखाउनुस् । हाम्ले पनि चलाएका थियौँ जेट । ठोक्किएर चकनाचुर भयो र पो ! तपाईंका जेटको पनि ठेगान छैन । बरु ट्याम्पो नै ठिक छ । सुन्नुभएको होला नि, टेम्पो त ठोक्किएर पनि धेरै क्षति हुँदैन । जहाज ठोक्किएपछि त सबै चकनाचुर !

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया