MENU

समाज

ujyaalo forign call inside

रसुवाको माथिल्लो क्षेत्रमा चिसोले पुनर्निर्माण प्रभावित

रसुवा, माघ ४ – चिसो बढ्दै जाँदा रसुवाको माथिल्लो क्षेत्रमा निजी आवास पुनर्निर्माण प्रभावित भएको छ । चिसोले गर्दा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र पार्वतीकुण्ड गाउँपालिकाको ११ वटा वडामा पुनर्निर्माण कार्य प्रभावित बनेको हो । 

भूकम्प जानूभन्दा पहिले ढुङ्गा, माटो र काठले घर बनाउने गरिएको थुमन, लाङटाङ, गत्लाङ, गोल्जुङ, स्याफ्रु, थुमन, बृद्धिम लगायतका स्थानमा ढलान गरेर घर निर्माण भइरहेको छ ।

चिसोका कारण सिमेन्ट नजम्ने हुँदा आगामी वैशाखसम्मका लागि निजी आवास पुनर्निर्माण स्थगित गरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष सुप्पा लामाले बताउनुभयो । 

सडक सञ्जालले नजोडिएको लाङटाङमा हेलिकप्टरबाट सामग्री लगेर भूकम्प प्रभावितले घर निर्माण गरेका हुन् । त्यहाँ अहिलेसम्म ८५ प्रतिशत घर निर्माण भइसकेको छ । स्थानीय बासिन्दा ढिण्डुप तामाङले दिनुभएको जानकारी अनुसार गाउँमा १५ जनाले मात्र दोस्रो किस्ता बुझेका छन् । 

इन्जिनियरसँग सल्लाह नगरी घर बनाएका कारण उनीहरुले दोस्रो किस्ता पाउन नसकेका हुन् । लाङटाङमा एक सय १६ घरधुरी रहेको छ । जिल्लामा ११ हजार ६ सय २९ लाभग्राही छन्  । जिल्लामा रहेका लाभग्राहीमध्ये १० हजार एक सय ५९ सँग अनुदान सम्झौता भएको छ । ५ हजार दुई सय दोस्रो किस्ता पाउने प्रक्रियामा छन् भने १८ सयले तेस्रो किस्ता बुझि सकेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया