MENU

बातावरण-कृषि

Ncell Axiata

हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

तत्काल पानी पर्ने संभावना पनि नरहेकाले प्रदुषण अझै बढ्ने उहाँको अनुमान छ । प्रदुषण बढेकै कारण दिउँसो पनि तुँवालो लागेको उहाँको भनाई छ । वातावरणविद् भूषण तुलाधरका अनुसार अहिलेको काठमाडाैंको प्रदुषण विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा ५ गुणा बढी छ ।

१० वर्षदेखि काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा बढिरहेको र सवारीसाधनका कारण मात्र तीन गुणा प्रदुषण बढेको उहाँले बताउनुभयो ।  विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष वायु प्रदुषणका कारण लाग्ने रोगबाट १० हजार जनाले ज्यान गुमाइरहेका छन् ।

त्यसमध्ये मुटु रोग, स्ट्रोक र श्वासप्रश्वास सम्बन्धी समस्या मुख्य छन् । काठमाडौंको रत्नपार्कमा रहेको प्रदुषण मापन प्रणालीले रत्नपार्क क्षेत्रमा वायु प्रदुषणको मात्रा २५६ दशमलव ५ माइक्रोन प्रति घनमिटरसम्म पुगेको देखिएको छ । यो मात्रा सरकारले तय गरेको मापदण्ड भन्दा निकै उच्च हो । गएकोआर्थिक वर्ष यो मात्रा औसतमा ८६ माइक्रोन थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया