MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

ढुक्कले च्याट गर्नुस, सगुनमा गरिएको च्याट सेक्रेट रहन्छ

काठमाडौं, माघ ५ - सामाजिक संजाल प्रयोगकर्ता प्रेमी/प्रेमिका, आफन्त वा साथीसँग च्याटमा रमाउँछन्। दुईजनाबीच हुने च्याटमा धेरै कुरा गोप्य हुन्छन्। ती गोप्य कुरा सबै प्रकारको मेसेन्जरमा भने रेकर्ड भएर बसिरहेको हुन्छ ।

च्याट गर्ने दुईबीच सम्बन्ध सुमधुर रहुञ्जेल त ठीकै हुन्छ, जब सम्बन्धमा समस्या आउँछ, गोप्य भनिएका कुरा तिनै सामाजिक सञ्जालमा छरपस्ट हुन पुग्छ। 

अब सामाजिक सञ्जालमा गरिएका यस्ता कुराबाट डराउनु पर्दैन। ढुक्कसँग आफ्ना गोप्य कुरा च्याटमा गर्न सक्ने वातावरण बनाइदिएको छ सगुनले। दुई जनाबीच भएका कुरालाई रेकर्ड नराख्ने सिस्टम बनाएको सगुनले जनाएके छ।

सगुनको मोवाइल एपमा गरिएको च्याट साथीले पढीसकेपछि आफैं डिलिट हुने भएपछि यसमा नयाँनयाँ प्रयोगकर्ताको आकर्षण बढ्दो छ । 

अमेरिकी सेयर बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले स्मार्ट फोनका पारखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप दिल्लीबाट सार्बजनिक गरेको छ। उक्त एप बलिउड अभिनेत्री श्रद्धा कपुरले जनवरी ९ मा सार्बजनिक गरेकी थिइन्। एप सार्बजनिक गरेपछि श्रद्धाले सगुन एप उत्कृष्ट रहेको आफूले पाएको बताइन्। 

सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेको हो। यस एप पठाइने फोटो, टेक्स्ट, भिडियो लगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुन्छ।

यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ। आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ। यसमा दैनिक सेड्युलवा साप्ताहिक सेड्युल बनाउन सकिन्छ।अलइनवन एप जस्तै रहेको यस एप माग्रिटिङ एप, क्यालेन्डर, मुड टक लगायतका फिचर छन्। 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया