MENU

राजनीति

शान्ति प्रकृया पुरा नभए संविधान बन्दैन: कोइराला

काठमाडौं, भदौ २६ - नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रकृया पुरा नभई संविधान निर्माण सम्भव नहुने बताउनुभएको छ । प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले हतियार र लडाकुको टुंगो नलगाई निर्माण गरेको संविधान कागजको खोस्टो सरह हुने उल्लेख गर्नुभयो ।

 

‘माओवादी हतारमा संविधान निर्माण गरी हतियार र लडाकुको भरमा चुनावमा जान चाहिरहेको छ’, सभापति कोइरालाले भन्नुभयो, ‘त्यस्तो गलत काम कुनै पनि हालतमा हामी हुन  दिदैनौँ ।’ युद्धकालमा कब्जा गरिएको सम्पति फिर्ता र वाइसिएलको अर्धसैनिक संरचना भङ्ग नभएसम्म माओवादीलाई बिस्वास गर्ने आधार नभएको कोइरालाले बताउनुभयो ।

स्वर्गीय नेता गीरिजाप्रसाद कोइरालासँग माओवादीले जम्मा तीन हजारको हाराहारीमा मात्र लडाकु समायोजनको सहमति गरेको दाबी गर्नुभयो । ‘गीरिजाबाबुसँग तीन हजारको सहमति भएको हो तर हामीले चार हजार भनेका छौँ ।’ कोइरालाले भन्नुभयो, ‘लडाकु समायोजनमा माओवादी लचिलो नभए शान्ति प्रकृया र संविधान निर्माण अगाडी बढ्न सक्दैन ।’

शान्ति प्रकृया टुंगो लागेपछि मात्र संविधान निर्माण गर्नुपर्नेमा कांग्रेस स्पष्ट र दृढ रहेको कोइरालाको भनाई छ । माओवादीसँग प्रजातन्त्रका मुलभुत कुराहरुमा कुनै किसिमको सम्झौता नगर्ने भन्दै सभापति कोईरालाले त्यसका लागि जुनसुकै मुल्य चुकाउन पनि कांग्रेस तयार रहेको बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया