MENU

समाज

ujyaalo forign call inside

विस्थापित परिवारलाई लालपूर्जा वितरण

रसुवा माघ ६ – ३२ महिनाअघि गएको भूकम्पका कारण विस्थापित भएका रसुवाका ५४ परिवारलाई लालपूर्जा वितरण गरिएको छ । जोखिममा रहेका बस्ती स्थानान्तरण कार्यक्रम अन्तर्गत सुरक्षित स्थानमा जग्गा खरिद गरेर लालपूर्जा वितरण गरिएको हो । 

डाँडागाउँबाट विस्थापित भएर उत्तरगया गाउँपालिका–५ बोगटीटारमा बसिरहेका विस्थापित परिवारलाई शुक्रबार रसुवाका सांसद मोहन आचार्यले लालपूर्जा हस्तान्तरण गर्नु भएको हो । बोगटीटारमा बसोबास गर्दै आएका ४८ परिवार र शान्तिबजारमा बसोबास गर्दै आइरहेका ६ परिवारका लागि खरिद गरिएको जग्गाको लालपूर्जा वितरण गरिएको बताइएको छ । 

विस्थापित परिवारले ४ आनाको दरले जग्गा खरिद गरेका छन् । उनीहरूलाई जग्गा खरिद गर्नको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २ लाख रुपैयाँ उपलब्ध गराएको थियो । ५४ परिवारले १२–१५–३–१ रोपनी क्षेत्रफलको जमिन खरिद गरेका छन् । ४८ परिवार बोगटीटारमा नै पुनर्वासमा जाने योजनामा छन् भने ६ परिवार शान्तिबजार (नुवाकोट) मा बसोबास गर्ने योजनामा छन् । 

उनीहरूले स्थानीय केशव आचार्य, मधुसुदन आचार्य, भीमप्रसाद आचार्य, विनोद आचार्य, केदारप्रसाद आचार्य, रामप्रसाद लामिछाने, बसन्त लामिछानेको र गुणराज न्यौपानेको जग्गा खरिद गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सचिवालय प्रमुख कृष्णकान्त उपाध्यायले जग्गा खरिद गर्नका लागि विस्थापित परिवारलाई २ लाख रुपियाँ उपलब्ध गराइएको र जग्गा पनि खरिद भइसकेको हुँदा तीन महिनाभित्र घर बनाउन सबै परिवारलाई आग्रह गर्नुभयो । 

उहाँले विस्थापित परिवारको पुनर्वास र बाँकी परिवारलाई जग्गा खोजी र खरिद गर्ने प्रक्रियामा सहयोग तथा सहजीकरण गर्नको लागि पनि आग्रह गर्नुभएको थियो ।

सांसद मोहन आचार्यले आफूहरूले रसुवा जिल्लामा रहेका विस्थापित परिवारको सुरक्षित पुनर्वासको लागि एकीकृत पुनर्वासको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग छलफल गरिरहेको र केही दिनमा धेरै परिवारको समस्या समाधान गरिने बताउनुभयो । उहाँले समस्यामा रहेको परिवारको समाधानका लागि आफूहरूले जुनसुकै बेला पनि सहयोग गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, रसुवा जिल्लाको पुनर्निर्माणको मुख्य बाधक सडक सञ्जाल भएको हुँदा सबै ठाउँमा ढुवानी सहज बनाइदिँदा पुनर्निर्माण छिटो हुने भएको हुँदा आफूहरूले केही दिनभित्रै सबै स्थानमा सडक सञ्जाल विस्तार र भएको सडकको स्तरोन्नती गर्ने बताउनुभयो । 

५४ मध्ये ४७ परिवारले संयुक्त पुर्जा निर्माण गरी नयाँ खरिद गरीएको जग्गामा महिला र पुरुषको बराबरी स्वामित्य कायम गरिएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया