MENU

बातावरण-कृषि

Ncell Axiata

बुधबार पानी पर्ने सम्भावना

काठमाडौं, माघ ८ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आजभोलि नै पानी पर्ने सम्भावना नरहेको जनाएको छ ।

पर्सि बुधबार मध्यरातमा भने सामान्य खालको मौसम प्रणाली नेपाल छिर्ने र दिउँसो मध्य र पश्चिमी भेगमा मौसम बदली भई सामान्य बर्षा हुनसक्ने मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार हिजो अस्तिको तुलनामा कम हुस्सु लागेपनि पूर्वी तथा मध्यतराईमा आज दिनैभरजसो घाम नलाग्ने तर पश्चिम तराईमा भने दिउँसोपछि हुस्सु हट्ने सम्भावना रहेको छ । 

मध्य र पूर्वी तराईमा दिउँसो केहीबेर हुस्सु हटेपनि साँझ फेरि बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया