MENU

बातावरण-कृषि

ujyaalo forign call inside

६ प्रजातिका चरा घटे

चितवन, माघ ८ –चितवनको सिमसार क्षेत्रमा गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ । पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन यहाँ पुस अन्तिम साताबाट जलपक्षी (पानीचरा) को गणना सुरु गरिएको थियो । 

चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विँडारीले हाँस प्रजातिका चरा फेला नपरेको जानकारी दिनुभयो । अघिल्लो वर्ष ५४ प्रजातिका जलपक्षीको गणना भएको थियो । यसपटकको गणनामा जम्मा ४८ प्रजातिका मात्रै पानीचरा फेला परेको विँडारीको भनाइ छ । 

यहाँको अनुगमनमा कूल २ सय १३ प्रजातिका चरा अभिलेख गरिएकामा पानीमा आश्रित भने ४८ प्रजातिको मात्रै फेला परेको हो । उहाँका अनुसार सिन्दूरे हाँस, फुर्के हाँस, हरि हाँस, सुनचुरी हाँस, सोइरोपुच्छ्रे हाँस र स्शेताखिभौँ हाँस फेला परेनन् । 

मुख्यगरी हाँस प्रजाति फेला नपरेको तर चखेवाहरु भने बढेको पाइएको छ । अनुगमन प्रतिवेदनबारे जानकारी दिँदै विँडारीले चखेवा दुई हजार ८ सय ४९, जलेवा ४ सय २० र सिलसिले ४ सय १० वटा फेला परेको बताउनुभयो । गणनाका क्रममा पानीमा आश्रित चराको सङ्ख्या पाँच हजार ५ सय ७६ र अन्य क्षेत्रमा बस्ने ६ हजार २ सय १५ वटा चरा फेला परेको जनाइएको छ । 

चितवन राष्ट्रिय निकुञ्ज र बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा चितवनमा चरा गणना भएको हो । नेपालको विभिन्न जलक्षेत्रमा तीनसय स्वयंसेवक तथा चरा विज्ञहरुको सहभागितामा गणना भइरहेको पंक्षीविद् संघ नेपालकाका प्रमुख डा. हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको समग्र तथ्यांक आएपछि सरकारलाई समेत प्रतिवेदन बुझाइनेछ । 
रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया