MENU

अर्थ

ujyaalo forign call inside

शेयर बजारसँगै कारोबार रकम पनि ओरालो

काठमाडौं, माघ ९ - शेयर बजार परिसुचक नेप्से आज ९ अंकले घटेको छ । अन्य बाहेकका सवै परिसुचक घटेपछि नेप्से मंगलबार ९ दशमलव ०५ अंकले घटेर १३ सय ९३ विन्दुको छेउमा आइपुगेको हो ।

मंगलबार सवैभन्दा धेरै बीमा समुह ८४ भन्दा धेरै अंकले घटेको छ । त्यसैगरि होटल समुह ५२, जलविद्युत झण्डै ३३, बैकिङ्ग ४, विकास बैक साढे ५ अंकले घटेको हो । अन्य समुह भने शुन्य दशमलव १२ अंकले बढेको छ ।

हिजोभन्दा ७ करोड कम अर्थात २९ करोड भन्दा केही बढीको कारोबार भएको दिन मंगलबार सबैभन्दा धेरै सानिमा माइ हाइड्रो कम्पनीको शेयर २ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ ।

बजार घटेपनि बल्र्ड मर्चेण्ट बैकिङ कम्पनीका शेयरधनीले आज ५ प्रतिशत कमाएका छन् । यस्तै, कालीका माइक्रोक्रेडिट कम्पनीका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै कमाएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया