MENU

बातावरण-कृषि

ujyaalo forign call inside

शितलहरले गर्दा तरकारीको मूल्य आकासियो

सिरहा, माघ ९ – एकमहिना भन्दा लामो  समयदेखि लगातार चलेको शितलहर र बक्लो हुस्सुको कारण सिरहामा तरकारीको मूल्य अकासिएको छ । सिरहाको लहान, गोलबजार, मिर्चैया, धनगढी, माडरलगातका क्षेत्रका हाट बजारमा तरकारीको भाउ अकासिएको हो । 
 
चिसोको कारण खेतमा लगाएको तरकारी छिटो फष्टाउन नसकेकोले तरकारीको मूल्य बढेको किसानहरुले बताएका छन् । लहानका कृषक रामउदगार यादवले भन्नुभयो, ‘शितलहरले बारीमा लगाएको तरकारीको बोट सबै मर्न लागिसक्यो ।’ उहाँका अनुसार जाडोमा तरकारीका विरुवा मर्ने र नफष्टाउने हुँदा तरकारीको माग बढी हुन्छ । जसले गर्दा तरकारीको मूल्य बृद्धि हुन्छ ।  
 
सिरहामा बाक्लो हुस्सु लाग्नुभन्दा पहिले स्थानीय बजारमा १५ देखि २० रुपैयाँसम्ममा प्रति केजी पाइने काउली, अहिले ५० रुपैयाँ प्रति केजी पुगेको छ । सात रुपैयाँदेखि १० रुपैयाँमा प्रति केजी पाइने भन्टा, सिमि, बोडीको मूल्य बृद्धि भएर ४० रुपैयाँदेखि ४५ रुपैयाँसम्म बिक्रि हुने गरेकोे छ । 
 
शितलहरीले तरकारीको भाउ अकासिएपछि महगो मुल्यमा तरकारी किन्नु पर्दा ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाँक टार्ने मजदुर, बिपन्न समुदायका मानिसहरु मार्कामा परेकाछन् ।
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया