MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​घरको छाना र गाउँवस्ती हिउँले सेताम्य (तस्बिर सहित)

नेत्र शाही,उज्यालो । 

जुम्ला, माघ १० – हिमाली जिल्ला जुम्लामा मंगलबार रातीदेखि हिमपात भएको छ ।

डाँडापाखा र घरका छाना समेत हिउँले ढाकिएको छ । लामो समयदेखि पानी तथा हिउँ नपरेपछि बाली बिग्रिने चिन्तामा रहेका किसान हिउँ परेपछि खुशी भएका छन् ।

अग्लो ठाउँ भन्दा मानव बस्तीमा हिउँ कम परेको छ । यो हिउँ बालीका लागि पर्याप्त नभएको किसानहरु बताउँछन । किसान रामकृष्ण बुढथापाका अनुसार यो हिउँले सामान्य राहत त पुर्‍याउँछ, तर पर्याप्त हुँदैन । 

यस्तै सुदूरपश्चिमको पहाडी जिल्ला बझाङका काँडा, सुर्मा, तल्कोट, मष्टा गाउँपालिका र  बुंगल नगरपालिकाका उच्च भेगहरुमा पनि हिमपात भएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया