MENU

बातावरण-कृषि

Ncell Axiata

हिउँदको पहिलो वर्षा : कुन कुन बालीलाई फाइदा ?

काठमाडौं, माघ १० – बुधबार काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ । पश्चिमका पहाडी क्षेत्रमा हिमपात भएको छ । यसवर्षको पहिलो वर्षा भएकाले किसान खुशी छन् ।

पानी परेपछि हिउँदे बालीलाई फाईदा पुग्ने कृषि विज्ञले बताएका छन् । गहुँ, मुसुरो, तोरी, आलु लगायत बालीमा अहिले गाँज हाल्ने बेलामा पानी परेपछि फाईदा पुग्ने विज्ञको भनाई छ । 

बालीमा गाँज हाल्ने समयमा पानी परे उत्पादन बढ्न सक्ने कृषि विज्ञ हरिकृष्ण उप्रेतीले बताउनुभयो । पानी परेपछि सुक्न थालेको हिउँदे तरकारी बालीलाई फाईदा पुगेको उहाँले बताउनुभयो ।

लामो समयसम्म पानी नपर्दा किसानले लगाएको तरकारी सुक्न थालेको थियो भने तरकारीमा रोगको संक्रमण बढ्दै गएको थियो । उप्रेतीका अनुसार पानी नपर्दा किरा लाग्ने जोखिम बढेकोमा यो वर्षाले केही राहत दिनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया