MENU

बातावरण-कृषि

Ncell Axiata

मुस्ताङमा हिमपात (फोटोफिचर)

प्रताप बानियाँ/उज्यालो । 

म्याग्दी, माघ १० – हिमालपारीको जिल्ला मुस्ताङमा गएरातीदेखि हिमपात भएको छ ।
उपल्लो मुस्ताङको दालोमे गाउँपालिका अन्तर्गत पर्ने चराङ, घमी र सुर्खान तथा लोमान्थाङ गाउँपालिकाको छोसेर, छोन्हुप र लोमान्थाङमा हिमपात भएको सीमा प्रहरीचौकी लोमान्थाङले जनाएको छ ।
बिहानपख साढे ३ बजे तिरबाट हिमपात सुरु भएको सीमा प्रहरीचौकी लोमान्थाङका प्रमुख खिमानन्द खनालले टेलिफोनमा जानकारी दिनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङका सबै ठाउँमा हिमपात भएको हुँदा चिसो समेत ह्वात्तै बढेको छ । झण्डै आधा फिटभन्दा बढी हिउँ जमेको छ भने अहिले पनि हिमपात भैरहेको उहाँले बताउनुभयो । 
हिमपात भएपछि चिसो बढेका कारण आफूहरु घरभित्रै आगो बालेर बसिरहेको लोमान्थाङ स्वास्थ्यचौकीका अनमी पेमाडोमा गुरुङले बताउनुभयो । उपल्लो मुस्ताङमा उत्तरी क्षेत्र तिब्बतबाट पनि चिसो हावा चलिरहेको हुँदा आफुहरु घर बाहिर निस्कन नसकेको उहाँको भनाई छ । 
मङ्गलबार दिउँसो वेगले हावाहुरी चलेको र रातीदेखि हिमपात भएको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी रामसुन्दर शर्माले बताउनुभयो । धौलागिरी, निलगिरीका डाँडाकाँडा र सदरमुकाम जोमसोम वरिपरीको क्षेत्र हिमपातले सेताम्य भएको उहाँले जानकारी दिनुभएको छ । 
हावाहुरी चलेका कारण मङ्गलबारदेखि प्रभावित भएको जोमसोम–पोखरा हवाई सेवाको उडा पनि हिमपात र चिसोका कारण थप प्रभावित भएको छ । चिसो बढेपछि मुस्ताङका बासिन्दा यसअघि नै चिसो छल्न बेंसी झरिसकेका छन् ।
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया