MENU

अर्थ

ujyaalo forign call inside

​काबेली करिडोर प्रसारण लाइनको काम सुस्त, दोस्रोपटक थपिएको समय सकिँदै

उपेन्द्र येक्तेन/उज्यालो । 

पाँचथर, माघ १० –राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पाँचथरको एक सय ३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’ निर्माणको काम सुस्त गतिमा छ । दश वर्ष अघि निर्माण प्रक्रिया थालिएको प्रसारण लाइन निर्माणको कामले गति नलिँदा दोस्रोपटक थपिएको समय सकिन मात्र ४ महिनाको समय बाँकी हुँदा आयोजनाको काम ७० प्रतिशत मात्र पूरा भएको छ ।

दोस्रो पटक थपिएको म्याद वैशाख १० गते सकिँदैछ । पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई मुलुकको विद्युत् प्रणालीमा जोड्ने उद्देश्यका साथ करिडोर निर्माण प्रक्रिया अघि बढाइएको हो । निर्माणको काम सुरु भएदेखि नै स्थानियले बिवाद सिर्जना गरेकोले तीव्रता नपाएको करिडोर निर्माण कम्पनीका प्रमुख दिपेन्द्रराज द्विवेदीले बताउनुभयो ।

विभिन्न ठाउँमा स्थानीयले सिर्जना गरेको बिवाद तत्कालै समाधान भए वैशाखसम्ममा काम सकिने उहाँले बताउँनुभयो । नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो । विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कुल ३ अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो ।

८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा काम अघि बढाइएको वताइएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया