MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​माघे झरीपछि चिसो बढ्यो

काठमाडाैं, माघ ११ -काठमाडौं उपत्यकासहित देशभरी नै आज चिसो बढेको छ । हिजो पानी परेपछि देशभरी नै आज न्यूनतम तापक्रम घटेर चिसो बढेको हो ।

केही दिन अघिसम्म ६ डिग्रीसम्म पुगेको काठमाडौंको न्यूनतम आज बिहान २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

पानी परेकाले एक दुई दिन चिसो भएपनि बिस्तारै न्यूनतम तापक्रम बढ्ने उहाँले बताउनुभयो । गएको २४ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा १२ दशमलव ५ मिलिमिटर पानी परेको छ । काठमाडौंमा ६ दशमलव १ मिलिमिटर पानी परेको छ । तर यो पानी हिँउदे वर्षाको लागि पर्याप्त भने नभएको मौसमविद् रिमालले बताउनुभयो । 

हिजो पानी पारेको मौसमी प्रणाली नेपालबाट बाहिर गैसकेकाले आज देशभरीकै मौसम सामान्यतया सफा हुने मौसमविदले बताएका छन् । अहिले धेरै ठाउँमा लागेको हुस्सु र कुहिरो घाम लागेपछि बिस्तारै हट्ने मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उच्च हिमाली भेगमा भने आज पनि हिमपातको संभावना छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया