MENU

बातावरण-कृषि

ujyaalo forign call inside

१७ फिट लामो घाइते अजिङ्गरको उद्धार

शैलेन्द्र महतो/उज्यालो ।

जनकपुरधाम, माघ ११ –धनुषाको वनबाट घाइते अजिङ्गरको उद्धार गरिएको छ । धनुषाको साझेदारी वनबाट बुधबार गम्भीर घाइते अवस्थामा फेला परेको अजिङ्गरलाई जिल्ला वन कार्यालय धनुषा र मिथिला वाइल्डलाइफ ट्रष्टका पदाधिकारीको संयुक्त टोलीले उद्धार गरेको हो ।

गम्भीर घाइते हुने गरी कुटेर बेहोस छोडिएको अजिङ्गरलाई मंगलबार ढल्केवरका एक जना गोठालोले देखेपछि जिल्ला वन कार्यालय धनुषालाई खबर गरेका थिए । त्यसपछि बुधबार वन कार्यालय धनुषाका सहायक वन अधिकृत सुरेश शर्मा र वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलसहितको टोली पुगेर अजिङ्गरको उद्धार गरेको हो । १७ फिट लामो र ४० किलो तौल भएको घाइते अजिङ्गरको धनुषाधामको संरक्षित वनमा उपचार भइरहेको छ ।  

‘अजिङ्गरको शरीरको विभिन्न भागमा गहिरो चोट देखिएको छ । सुरुमा मरेकै जस्तो लागिरहेको थियो’, सहायक वन अधिकृत शर्माले भन्नुभयो, ‘पछि पुच्छ्र चलाएपछि जिउँदो हो भन्ने लाग्यो । त्यसपछि हामी अजिङ्गरको उपचारमा लागेका छौं ।’

गोठालाहरुले नै मरणासन्न हुनेगरि कुटपीट गरेर मर्यो भनेर फालिदिएको हुनसक्ने शर्माको भनाई छ । अहिले धनुषा संरक्षित वनमै राखेर उपचार गरिने र निको भएपछि कहाँ लैजाने भन्ने निर्णय गरिने सहायक वन अधिकृत शर्माले बताउनुभयो ।

यसअघि धनुषाधाम वाइल्डलाइफ ट्रष्ट र वनका कर्मचारीहरुले संरक्षित वनमा दुई वटा किंगकोवरा सर्प ल्याएर अवलोकनका लागि सिसाको घरमा राखेका छन् । पर्यटकीय गन्तव्यस्थल बनाउन थालिएकोले उक्त अजिङ्गरलाई पनि अव्लोकनका लाग राख्न सकिने वन कार्यायले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया