MENU

बातावरण-कृषि

ujyaalo forign call inside

धानको उत्पादन बढाउन फिलिपिन्सबाट ‘सोलार बबल ड्राएर’ मेशिन ल्याइयो

विष्णु विश्वकर्मा/उज्यालो ।

काठमाडौं, माघ ११ – नेपाल कृषि अनुसन्धान परिषद नार्कले ‘सोलार बबल ड्रायर’ अर्थात भिजेको तथा बढी चिस्यान भएको अन्नबाली सुकाउने मेशिन ल्याएको छ ।

‘जर्मन सहयोग नियोग’को आर्थिक सहयोग र ‘इरी नेपाल’को समन्वयनमा झण्डै साढे ३ लाख रुपैयाँ पर्ने मेशिन फिलिपिन्सबाट नेपाल ल्याइएको नार्कका सञ्चार, प्रकाशन तथा अभिलेख महाशाखाका प्राविधिक अधिकृत ऋषिराम अधिकिारीले जानकारी दिनुभयो ।

 

वर्षायाममा खेतबारीमा भिज्ने धान, मकै लगायत बाली भण्डारण गर्दा समस्या हुने भएपछि त्यसलाई सुकाएर भित्र्याउन मेशिन ल्याइएको उहाँले बताउनुभयो । मेशिनले एक घण्टामा एक प्रतिशत चिसोपना सुकाउन सक्नेछ ।

मेशिन चलाउने बारेमा फिलिपिन्स र भारतबाट आएका प्राविधिकले कृषि मन्त्रालय, नार्क र बाली संरक्षण महाशाखाका प्राविधिकलाई तालिम दिएका छन् । नार्क परिसरमै भिजेको धानलाई सुकाएर मेशिनको परीक्षण भइरहेको छ ।

यस्तो मेशिन नेपालमै निर्माण गर्ने बारेमा पनि छलफल भइरहेको अधिकारीले जानकारी दिनुभयो ।  मेशिन, विजुली तथा सौर्यउर्जाबाट सञ्चालन गर्न सकिन्छ । 

‘पाइलटिङ एण्ड टे«निङ’ अर्थात परीक्षण र प्रशिक्षणका हिसाबले पहिला कृषि क्षेत्रका प्राविधिकलाई तालिम दिइएको कृषि क्षेत्रमा काम गरिरहेको संस्था इन्टरनेश्नल राइस रिसर्च इन्स्टिच्युट आईआरआरआई इरी नेपालका बरिष्ठ वैज्ञानिक डा. भवप्रसाद त्रिपाठीले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया