MENU

अर्थ

ujyaalo forign call inside

शेयर बजार परिसूचक नेप्से १० अंकले बढ्यो

काठमाडौं, माघ ११ – शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै १० अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको शेयरबजार बजार बन्द हुँदा ९ दशमलव ८ अंकले बढेर १४ सय ४ दशमलव ५३ विन्दुमा पुगेको हो ।

बिहीबार सबैभन्दा धेरै बिमा ८९ अंकले बढेको छ । त्यस्तै उत्पादन समुह साढे ३०, होटल २७ भन्दा बढी र लघुवित्त २७ भन्दा धेरै अंकले बढेको हो । बजार बढेपनि विकास बैंक र अन्य समुह भने बिहीबार घटेका छन् ।

विकास बैंक समुह ३ र अन्य समुह झण्डै साढे १ अंकले घटेको हो । बिहीबार हिजोभन्दा २ करोड रुपैयाँ बढी अर्थात २८ करोड २२ लाखभन्दा धेरैको कारोबार भएको दिन बिहीबार सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर कम्पनीको शेयर १ करोड ८१ लाखभन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस