MENU

अर्थ

Ncell Axiata

पाइपलाईन परियोजनाको भण्डारणस्थलमा पाइप आयो

पर्सा, माघ ११ –पेट्रोलियम पदार्थको आपूर्ती गर्न पाइपलाईन निर्माणका लागि पाइप आएको छ । नेपालका लागि इन्धन आपूर्ती गर्न निर्माण गर्न लागिएको ‘अमलेखगन्ज–रक्सौल–मोतीहारी’ इन्धन पाइप लाइनका लागि पाइप आएको हो ।

भारतको महाराष्ट्र मुम्बईको पाइप उद्योगबाट पाइप लोड भएर आएको १० वटा लरी वीरगन्ज भन्सार कार्यालय आएको छ । एउटा लरीले ३२ देखि ३५ वटासम्म कालो स्टिल पाइप बोकेर वीरगन्ज चिनी कारखाना आवासक्षेत्र भित्र बनाईएको परियोजनाको सामग्री भण्डारण गर्ने गोदाममा आइपुगेको छ ।

पहिलो लटमा २ हजार ७ सय २४ दशमलव २३ मिटर पाइप जाँचपास भएर आएको हो । ४ अर्ब २० करोड रुपैयाँ लागतको यो परियोजनामा भारतले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

मंगलबार झण्डै दुई करोड बराबरको पाइपको जाँचपास गरिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनु भयो  । पाइपलाइन निर्माणका लागि आउने पाईपको भन्सार नलिन पत्राचार भएकोले त्यस अनुसार जाँचपास गरेर पाईप नेपाल भित्रिन दिएको सूचना अधिकारी यादवले बताउनुभयो  । 

नेपाल र भारतबीचको सम्झौताअनुसार वीरगन्ज नाकाबाट भित्रिने पाइपलाइन निर्माणमा प्रयोग हुने सामानमा भन्सार शुल्क नलिन अर्थ मन्त्रालय र भन्सार विभागले आपसी समन्वय गरेकोले भन्सार नलिईकन चेकजाँच मात्रै गरेर पठाइएको सूचना अधिकारी यादवले बताउनु भयो । उद्योगबाट जनवरी १४ मा नेपालका लागि हिँडेको लरी मंगलबार वीरगन्ज भन्सारमा आइपुगेको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया