MENU

अर्थ

ujyaalo forign call inside

विद्युत प्राधिकरणले वाटर एन्ड इनर्जी डेभलप्मेन्टसँग पीपीए गर्ने

काठमाडौं, माघ ११ – नेपाल विद्युत प्राधिकरणले २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालीसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ ।

आयोजनामा कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहने प्राधिकरणले जनाएको छ । ऊर्जा मन्त्रालय र कम्पनीबीच २०७३ पुस १४ मा  आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

सरकारले २०७२ को माघमा राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणापत्र–२०७२ मार्फत विदेशी परिवत्र्य मुद्रामा गरिने आयोजनाका लागि गरेको व्यवस्था, सोही अनुसार ऊर्जा मन्त्रालयको सिफारिसका आधारमा प्राधिकरणले कार्यान्वयनमा ल्याएको निर्देशिकामा भएको व्यवस्था अनुसार नै माथिल्लो त्रिशूली–१सँग पीपीए गर्न लागिएको हो ।

कम्पनीले परफरमेन्स ग्यारेन्टीबापत रु २१ करोड ६० लाख बुझाएपछि पीपीएमा हस्ताक्षर हुने प्राधिकरणले जनाएको छ । विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुत्तानी गर्ने नीति अनुसार माथिल्लो त्रिशूली–१ सँग पनि डलरमा पिपिए गरिने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाममा ८ रुपैयाँ ४० पैंसा र  र वर्खामा ८ रुपैयाँ ८० पैंसा प्रतियुनिटका दरले खरिद गर्नेछ । तर आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशतभन्दा बढी रहेको पाइएमा उक्त विद्युत खरिद दर सोही अनुसार कम गरिने छ । रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठसम्मको अवधिलाई शुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मको अवधिलाई वर्षायाम कायम गरिएको प्राधिकरणले जनाएको छ । 

विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । त्यस्ता आयोजनामा स्वपूजि (इक्विटी) को अंश न्यूनतम २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ । स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यबृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ ।

यसभन्दा अघि नेपाल विद्युत प्राधिकरणले खिम्ती (६० मेगावाट), माथिल्लो भोटेकोसी (४५ मेगावाट, तल्लो सोलु (८२मेगावाट), माथिल्लो मस्र्याङदी ए (५० मेगावाट), कोबेली ए (३७.६ मेगावाट) र रसुवा–भोटेकोसी (१२० मेगावाट)जलविद्युत आयोजनाहरुका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने गरी पीपीए गरेको छ ।

उक्त आयोजनामध्ये सञ्चालनमा आइसकेका खिम्ती, भोटेकासी र माथिल्लो मस्र्याङदी ‘ए’को हालको  पीपीए दर प्रति युनिट क्रमश : रु १०.९५, ११.१६ र ७.३५ रहेको छ । खिम्तीको रोयल्टी समेत प्राधिकरणले तिर्दे आएको छ । 

उक्त रकम गत आर्थिक वर्ष ०७३÷७४मा रु ५४ करोड ५० लाख ८६ हजार रहेको थियो । त्यसैगरी, निर्माणधीन अवस्थाको तल्लो सोलुको पीपीए दर प्रतियुनिट वर्षायाम र शुख्खायाममा क्रमश : रु ४.८० र ८.४० रहेको छ भने बील रकमको ५५ प्रतिशत डलरमा र ४५ प्रतिशत नेपाली मुद्रामा भुक्तनी गर्नुपर्ने व्यवस्था छ ।

काबेली ‘ए’ जलविद्युतको आयोजनाको हकमा पीपीए दर प्रति युनिट ६.२९८५ अमेरिकी सेन्ट रहेको छ भने भुक्तानी हुँदा विदेशी मुद्रा र नेपाली मुद्राको अनुपात ६०ः४० कायम गरिएको छ । रसुवा भोटेकोसीको पीपीए दर भने माथिल्लो त्रिशूली–१को जस्तै रहेको प्राधिककरणले जनाएकाे छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया