MENU

बातावरण-कृषि

ujyaalo forign call inside

वैदेशिक रोजगारबाट फर्केर तरकारी खेती, विदेशमाभन्दा स्वदेशमा राम्रो आम्दानी

डीबी विष्ट/उज्यालो 

माघ १२ बझाङ – लामो समय विदेशमा विताएका बझाङका गजेन्द्र ओली अहिले अर्गानिक तरकारी खेती आकर्षित हुनुभएको छ । जयपृथ्वी नगरपालिका–३ घर भएका ओली अर्गानिक तरकारी खेतीबाट बार्षिक ६ लाख आम्दानी गर्न थाल्नुभएको छ ।

‘नेपालमै गर्न सकिने रहेछ विदेश गएर अनावश्यक दुःखमात्र पाइयो’ ओलीले भन्नुभयो ‘विदेश गएकोमा अहिल पछुतो लागेको छ ।’ विदेशमा गएर धेरै कमाई हुन्छ भन्ने सोच भ्रामक मात्रै भएको ओलीले बताउनुभयो । गर्न सके आफ्नै ठाउँमा धेरै पैसा, मान सम्मान, इज्जत सबै कमाउन सकिन्छ । ओलीले छिमेकीको एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गर्नुभएको हो । अहिले तरकारी खेतीबाट एक बर्षमा १२ लाख भन्दा बढी आम्दानी हुन्छ । तरकारी ढुवानी अन्यलागत सबै कट्टा गरे एक बर्षमा आधा रकम बचत हुने गरेको ओलील बताउनुभयो ।  

‘विदेशमा बसेर कमाएको रकम ऋण तिर्नमा नै ठिक्क भयो  । यसरी आफ्नै ठाँउमा पहिले नै काम गर्ने सोच आएको भए अहिलेसम्म धेरै प्रगति गर्न सकिन्थ्यो ।’ ओलीले भन्नुभयो । विदेश जाने युवाहरुलाई विदेश नजानसमेत ओली आग्रह गर्नुभयो । 

विदेशमा काम गर्दा नै अब नेपाल गएर केही काम गरेर देखाउँछु भन्ने आँट गरेका ओलीले तरकारी खेती सुरु गर्नुभयो । सुरुमा एक महिनामा ५०÷६० हजार आम्दानी हुने गरेको भए पनि अहिले महिनामा झण्डै एक लाखसम्मको तरकारी विक्रि हुने गरेको छ । मितेरी सहकारीबाट ऋण निकालेर ओलीले तरकारी खेती सुरु गर्नुभएको हो । 

अहिले बझाङमा तरकारी अपुग भएर डडेल्धुरा, कैलाली, कन्चनपुर र भारतबाट समेत तरकारी खेती गर्नु पर्ने बाध्यता रहेको छ । ओलीलाई अहिले जिल्ला कृषि विकास कार्यालयले पनि सहयोग गरिरहेको छ । जिल्ला कृषि विकास कार्यालयले कृषिमा लाग्ने युवाहरुका लागि सहयोग गर्दै आइरहेको छ । 
 
बझाङबाट मात्रै दैनिक तीन सय भन्दा बढी युवा भारत तथा अन्य मुलुक जाने गरेको सुदुरपश्चिम बस ब्यावसायीका जिल्ला इन्चार्ज दीपक कठायतले जानकारी दिनुभयो । काम गर्ने बेलामा र बाली भित्र्याउने समयमा घर फर्कीने र अन्य समयमा भारतमा रोजगारी गर्न जाने चलन बझाङमा छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया